(Japan) 23 rd September | 2026 | Wednesday | 4:43:34 AM || (Nepal) 1:28:34 AM
 
 


जापानमा आईतबार कोरोनाले ६ जनाको मृत्यु, ४९५ जना संक्रमित थप

Jack Khadka   POSTED ON : Monday, 26 October, 2020 | Views : 2878

जापानमा आईतबार कोरोनाले ६ जनाको मृत्यु, ४९५ जना संक्रमित थप


टोकियो, जापान ।

अक्टोबर २५ तारिख आईतबार जापानमा कोरोना भाइरसबाट बिरामी रहेका ६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार हिजो ४ सय ९५ जना नयाँ कोभिड १९ संक्रमित थपिएका छन् ।

जापानभर हालसम्म संक्रमितको कुल संख्या ९७ हजार ९ सय ३२ पुगेको छ ।

यसैगरि कोरोना संक्रमणबाट १७ सय ३३ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अझै उपचार गराईरहेका १ सय ५९ जनाको चिन्ताजनक अवस्था रहेको बताईएको छ ।

उपचार पश्चात कुल संक्रमित मध्ये ८९ हजार ९ सय ४१ जना भने निको भएर डिस्चार्ज भईसकेका छन् ।