(Japan) 23 rd September | 2026 | Wednesday | 4:44:02 AM || (Nepal) 1:29:02 AM
 
 


टोकियोमा कोरोना संक्रमित ३० हजार नाघेपनी १७ सय मात्र बाँकी

Sajina Moktan   POSTED ON : Monday, 26 October, 2020 | Views : 2920

टोकियोमा कोरोना संक्रमित ३० हजार नाघेपनी १७ सय मात्र बाँकी


टोकियो, जापान ।

अक्टोबर २५ तारिख टोकियो महानगरमा १ सय २४ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

महानगरले जारी गरेको तथ्यांक अनुसार हालसम्म नयाँ संक्रमित सहित टोकियोमा कोरोना संक्रमित ३० हजार पार गरेको छ ।

तथ्यांक अनुसार आईतबार साँझ सम्ममा कुल संक्रमितको संख्या ३० हजार ३३ पुगेको छ ।

यसैगरि संक्रमित मध्ये हालसम्म ४ सय ४५ जनाले ज्यान गुमाएका छन् । उपचार गराईरहेका संक्रमितमा २४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

अर्कोतर्फ कुल संक्रमितमा २७ हजार ८ सय ९ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।

यसरी समग्रमा कुल संक्रमित, मृतक र निको भएकाको संख्या हिसाब गर्दा टोकियोमा हाल संक्रमित कोभिड १९ पोजेटिभको संख्या १७ सय ७९ जना रहेका छन् ।