(Japan) 23 rd September | 2026 | Wednesday | 4:43:35 AM || (Nepal) 1:28:35 AM
 
 


टोकियोमा आज २ सय बढी कोरोना संक्रमित थपिए

Prakash Panta   POSTED ON : Saturday, 24 October, 2020 | Views : 2914

टोकियोमा आज २ सय बढी कोरोना संक्रमित थपिए


टोकियो, जापान ।

अक्टोबर २४ तारिख राजधानी टोकियोमा नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या २ सय नाघेको छ ।

टोकियो महानगरले जारी गरेको तथ्यांक अनुसार शनिवार दिउँसो ३ बजेसम्ममा २०३ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

टोकियोमा दुई सय संक्रमित हप्तादिनपछि नाघेको हो । गत १७ तारिख यता एकसय भन्दा कम तथा दुईसय आसपासमा संक्रमित पुष्टि भएका थिए ।

आज पुष्टि भएका संक्रमितमा १० देखी ८० बर्ष उमेर समुहका रहेका छन् ।

महानगरले जारी गरेको विवरण अनुसार हाल उपचाररत २५ जना कोरोनाका बिरामीको अवस्था चिन्ताजनक रहेको छ ।

संक्रमितको संख्या भने २९ हजार ९ सय ९ पुगेको विवरणमा उल्लेख छ ।