टोकियो, जापान ।
अक्टोबर २३ तारिख जापानभर गरेर ७ सय ४८ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यसैगरि विभिन्न प्रिफेक्चरमा गरेर १२ जनाले ज्यान गुमाएको पाईएको छ । जसमा टोकियो र खानागावा ३, साईतामा, ओसाका, गिफु, ओकिनावा, ईशिकावा र फुकुओकामा एक एक जना कोरोनाका बिरामीको निधन भएको छ ।
आज सम्ममा संक्रमितको संख्या ९६ हजार ७ सय ७ पुगेको छ । जसमा संक्रमितको घरेलु संख्या ९५ हजार ९ सय ९५ र योकोहामा क्रुजका ७१२ जना रहेका छन् ।
संक्रमित मध्ये जापानमा कोरोना भाइरस रोगकै कारण १७ सय २३ जनाको मृत्यु भएको छ । मृतक मध्ये १७ सय १० जना घरेलु संक्रमित र १३ जना क्रुजका यात्रु रहेका छन् ।
हाल उपचार गराईरहेका १ सय ५१ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
उपचार पश्चात निको हुनेको संख्यामा उल्लेख्य बृद्धि भएर ८८ हजार ९ सय ४ पुगेको छ । यसमा योकोहामा क्रुजका ६५९ जना र जापानका घरेलु संक्रमित मध्ये ८८ हजार २ सय ४५ जना रहेका छन् ।