टोकियो, जापान ।
हिरोसाकी शहरमा कोरोना संक्रमण व्यापक फैलने क्रममा ओओमोरी प्रिफेक्चरमा कोभिड १९ संक्रमित टोकियो पछिकै उच्च देखिएको छ ।
गत महिनासम्म ४० भन्दा कम कोरोना संक्रमित पाईएको यहाँ क्लस्टरको रुपमा कोरोना भाइरस संक्रमण फैलिएको पाईएको छ ।
हिरोसाकी शहरको मनोरञ्जनात्मक क्षेत्रका रेष्टुरेण्टमा कोरोना संक्रमण क्लस्टरको रुपमा फैलिएको भेटिएको अधिकारीहरुले बताएका छन् ।
अक्टोबर २३ तारिख शुक्रबार रात ८ बजेसम्ममा १ सय ५८ जना संक्रमित पुष्टि भएको अधिकारीहरुले बताएका छन् ।
आओमोरिक प्रिफेक्चरमा प्रति एक लाख जनसंख्यामा टोकियो र ओकिनावापछिकै उच्च संक्रमण पाईएको छ ।
संक्रमित मध्ये १ सय १८ जना एउटै रेष्टुरेण्टबाट क्लस्टरको रुपमा संक्रमित थपिएका छन् ।
संक्रमण विभिन्न सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुमा समेत पाईदा उनिहरु मार्फत सवाग्राही र परिवारमा समेत फैलिएको पाईएको छ ।
हाल ५२ जना कोरोना संक्रमित अस्पताल भर्ना गर्नुपरेको र निकट भविष्यमा यो संख्या बढ्दै गएमा अन्य रोगका बिरामीलाई बेड अभाव हुनसक्ने अधिकारीहरुले बताएका छन् ।
हिरोसाकी शहरका अधिकारीहरुले शहरभित्र रेष्टुरेण्ट व्यवसायीहरुलाई व्यापार अवधि घटाउन वा केही समय बन्द गर्न आग्रह गरेका छन् । यसैगरि कोरोना संक्रमण फैलन नदिने उपाय स्वरुप ईलिमेन्ट्री र जुनियर हाईस्कुललाई केही समयका लागि बन्द गराएका छन् ।