(Japan) 23 rd September | 2026 | Wednesday | 4:44:22 AM || (Nepal) 1:29:22 AM
 
 


जापानमा हिजो कति कोरोना संक्रमित थपिए ? हालसम्मको तथ्यांक हेर्नुहोस्

Sajina Moktan   POSTED ON : Wednesday, 21 October, 2020 | Views : 3472

जापानमा हिजो कति कोरोना संक्रमित थपिए ? हालसम्मको तथ्यांक हेर्नुहोस्


टोकियो, जापान ।

कोरोना भाइरसबाट बिरामी भएका ३ जनाको अक्टोबर २१ तारिख जापानमा निधन भएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार मंगलवार ४ सय ८३ जना नयाँ कोरोना भाइरस संक्रमित बिरामी थपिएका छन् ।

थपिएका नयाँ संक्रमित सहित जापानमा कोरोना भाइरसबाट हालसम्म संक्रमितको संख्या ९४ हजार ७ सय २७ पुगेको छ ।

यसमा योकोहामा क्रुजका ७१२ र जापानका घरेलु ९४ हजार १५ जना रहेका छन् ।

संक्रमित मध्ये घरेलु १६ सय ८० र क्रुजका १३ गरि १६ सय ९३  जना कोरोनाका बिरामीको निधन भएको छ ।


मंगलवार २५ वटा प्रिफेक्चरमा संक्रमित पुष्टि भएका छन् । टोकियो बाहेक कुनैपनी प्रिफेक्चरमा एक सय संक्रमित पार नहुँदा सबैभन्दा बढी टोकियोमा १३९ जनामा कोभिड-१९ पोजेटिभ पाईएको छ ।

यसैगरि ओसाका ६५, खानागावा ४७, चिबा ४०, साईतामा ३३ र होक्काईदोमा ३१ जनामा कोरोना संक्रमण भएको छ ।

जापानमा हाल उपचार गराईरहेका १ सय ४३ जना कोरोनाका बिरामी गम्भिर प्रकृतिका रहेका छन् ।

उपचार पश्चात कुल संक्रमित मध्ये ८७ हजार १ सय ७२ जना स्वस्थ भएर घर फर्किसकेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

...

-एनएचके