(Japan) 23 rd September | 2026 | Wednesday | 4:44:22 AM || (Nepal) 1:29:22 AM
 
 


टोकियोमा आज १३९ नयाँ कोरोनाका बिरामी थपिए

  POSTED ON : Tuesday, 20 October, 2020 | Views : 3524

टोकियोमा आज १३९ नयाँ कोरोनाका बिरामी थपिए


टोकियो, जापान ।

अक्टोबर २० तारिख दिउँसो ३ बजेर १५ मिनेट सम्ममा टोकियो महानगरमा थप १ सय ३९ जना नयाँ कोभिड १९ पोजेटिभ बिरामी पुष्टि भएका छन् ।

टोकियो महानगरका अनुसार १८ तारिखपछि एक सय संख्यामा संक्रमित नाघेको पहिलो पटक हो ।

मंगलबार पुष्टि भएका संक्रमितहरुमा १० देखी ९० बर्ष उमेर समुहका रहेका छन् ।

हालसम्म संक्रमितको संख्या टोकियो महानगरमा २९ हजार १ सय ८५ पुगेको छ ।

महानगरको विवरण अनुसार हाल उपचाररत २४ जना कोरोनाका बिरामीको अवस्था चिन्ताजनक रहेको छ ।