टोकियो, जापान ।
कोरोना भाइरस मानिसको छालामा करीब नौं घन्टासम्म बाँच्न सक्ने तथ्य जापानी अनुसन्धाताहरुले पत्ता लगाएका छन ।
अनुसन्धान अनुसार यो अन्य इन्फ्लुएन्जाको तुलनामा पाँच गुणा धेरै हो । अनुसन्धाताहरुमा क्योतो प्रिफेक्चरल यूनिभर्सिटी अफ मेडिशिनमा अनुसन्धान एशोसियट तथा महामारी विज्ञ रयोहेई हिरोसी पनि छन् ।
कोरोना भाइरस अल्कोहलमा आधारित निःसंक्रमण वा इथानोलमा कमजोर हुने र १५ सेकेन्डभित्रै निस्क्रिय हुने समेत अनुसन्धानले देखाएको छ । हिरोसीले मानिसहरुलाई राम्ररी हात धुन वा अल्कोहल भएको निःसंक्रमण प्रयोग गर्न आग्रह गरिरहेका छन् ।
अध्ययनको निस्कर्ष अमेरिकी साइन्स जर्नल ‘क्लिनिकल इन्फेक्शश डिजिज’को अक्टोबर ३ को अनलाइन संस्करणमा छापिएको थियो । अध्ययनमा छालामा कोरोना भाइरस र इन्फ्लुएन्जा ए लगाइएको थियो । कोरोना भाइरस छालामा करीब ९ घन्टा बाँच्दा इन्फ्लुएन्जा ए भने १ दशमलव ८ घन्टा मात्रै बाँचेको थियो । सो अवधिसम्म भने दुबै भाइरस सक्रिय थिए ।
परीक्षणमा सहभागी व्यक्तिलाई संक्रमण नहोस् भनेर अनुसन्धाताहरुले मेडिकल अटोस्पीका लागि दान दिइएको व्यक्तिको छालाको नमूना प्रयोग गरेका थिए । समूहले भाइरसलाई स्टेनलेश स्टिल, तातो प्रतिरोध गर्ने शिशा र प्लाष्टिकमा पनि लगाएका थिए ।
यस क्रममा कोरोना भाइरस यी सबैमा ५८ घन्टा देखि ८५ घन्टासम्म सक्रिय भएको पाइयो । इन्फ्लुएन्जा भने ६ देखि ११ घन्टासम्म सक्रिय थियो । सबैमा कोरोना भाइरस लामो समयसम्म जीवित रहेको पाइएको छ ।
अनुसन्धाताहरुले अल्कोहलमा आधारित निसंक्रमणमा इथानोलकोे प्रभावकारिता जाँचेका थिए । यस क्रममा १५ सकेकेन्डभित्र कोरोना भाइरस र इन्फ्लुएन्जा भाइरस निस्क्रिय भएको पाइयो ।