टोकियो, जापान ।
राजधानी टोकियोमा ७८ सहित जापानमा अक्टोबर १९ तारिख सोमबार ३१८ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको छ ।
सोमबार थपिएका सहित जापानमा घरेलु कोरोना संक्रमितको संख्या ९३ हजार ५ सय ३३ पुगेको छ ।
जापानको योकोहामा क्रुजका ७ सय १२ संक्रमित भने यसमा जोडिएका छैनन ।
कुल संक्रमित मध्ये सोमबार सम्ममा ८६ हजार ६ सय जना उपचार पछि निको भएको यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरणमा उल्लेख छ ।
सोमबार मात्र २ जना कोरोनाका बिरामीको ज्यान गएको छ । यो सहित जापान भित्रै कोभिड-१९ पोजेटिभ भएर मृत्यु हुनेको संख्या १६ सय ६७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक क्रुजका १३ जनाले पनि ज्यान गुमाएका छन् ।
सोमबार जापानमा २३ वटा प्रिफेक्चरमा कोरोना संक्रमित पाइएका छन । जसमा टोकियो ७८, ओसाका ४१, ओकिनावा ३६, खानागावा २३, साइतामा २२, चिबा १८, होक्काइदो १७, आइची १५ र गुन्मा ११ रहेको छ ।
यसबाहेक एअरपोर्टको क्वारिन्टिनमा रहेका ३ जनामा पनि कोरोना पोजेटिभ पाइएको छ ।
हालसम्म बिदेशबाट आएर क्वारिन्टिनमा रहेका १,०९२ जनामा संक्रमण पाइसकिएको तथ्यांकमा उल्लेख छ ।
संक्रमित मध्ये हाल उपचार गराइरहेका १४४ जनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।
...
-एनएचके