टोकियो, जापान ।
टोकियो महानगरपालिकामा अक्टोबर १९ तारिख सोमबार एकसय भन्दा कम कोरोना संक्रमित पुष्टि भएका छन् ।
महानगरले दिउँसो ३ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार आज केवल ७८ नयाँ संक्रमित पाईएका छन् ।
टोकियोमा अक्टोबर १२ पछि लगातार कोभिड १९ पोजेटिभको संख्या बृद्धि हुँदै करिव तीनसयको संघारमा पुगेको थियो ।
टोकियोमा आजसम्म कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ४६ पुगेको छ ।
टोकियो महानगरले यसअघि सार्वजनिक गरिएको विवरणमा तीनजना पोजेटिभ नतिजा आएको बताईएकाको विवरण सच्याएको छ ।
परीक्षण विवरणमा गडबडी भएर पुन परिक्षण गर्दा उनिहरुमा संक्रमण नपाईएको महानगरले जनाएको छ ।