(Japan) 23 rd September | 2026 | Wednesday | 4:44:47 AM || (Nepal) 1:29:47 AM
 
 


टोकियोमा आज १३२ जनामा कोरोना संक्रमण

Prakash Panta   POSTED ON : Sunday, 18 October, 2020 | Views : 3350

टोकियोमा आज १३२ जनामा कोरोना संक्रमण


टोकियो, जापान ।

टोकियो महानगरपालिकामा आज १ सय ३२ जना नयाँ कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।

टोकियो महानगरका अनुसार अक्टोबर १८ तारिख आईतबार दिउँसो ३ बजेसम्ममा १३२ जना नयाँ संक्रमित पाईएका हुन् ।

आज थपिएका सहित टोकियो महानगरमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ७१ पुगेको छ ।

टोकियोमा एक सय भन्दा धेरै संक्रमित पाईएको यो लगातार छैटौं दिन हो ।

टोकियोमा हालसम्म संक्रमित मध्ये २६ हजार ४ सय ७४ जना निको भईसकेका छन् ।

यसैगरि उपचाररत २३ जना गम्भिर अवस्थामा रहेका छन् भने ४ सय २४ जनाको निधन भएको टोकियो महानगरको तथ्यांकमा उल्लेख छ ।