टोकियो, जापान ।
टोकियोका २०० भन्दा धेरै डाक्टर र दन्त चिकित्सकहरूले आगामी शरद ऋतुमा स्वास्थ्य बीमा कार्डहरू खारेज गर्ने र तिनीहरूलाई माई नम्बर कार्डहरूसँग एकीकरण गर्ने नीतिको बारेमा सरकारी कदमको बिरोध जनाएका छन् । उपकरणको लागत र सूचना चुहावटको जोखिम ठूलो रहेको भन्दै चिकित्सकहरुले चिकित्सा संस्थाहरूलाई यो लागू गर्न बाध्य नभएको भन्दै सरकार बिरुद्ध मुद्दा दायर गरेका छन् ।
सरकारले हाल प्रयोगमा रहेको स्वास्थ्य बीमा कार्डलाई खारेज गरी माई नम्बर कार्डमा एकीकृत गर्ने योजना बनाएको छ ।
यसबारे टोकियो हेल्थ इन्स्योरेन्स डाक्टर्स एसोसिएसनका २७० जनाभन्दा बढी डाक्टर तथा दन्त चिकित्सकले भनेका छन् ‘उपकरण खर्चको बोझ र सूचना चुहावटको जोखिम ठूलो छ र मन्त्रीस्तरीय अध्यादेशबाट कार्यान्वयन गर्न बाध्य पार्नु असंवैधानिक छ ।
यसैको आधारमा चिकित्सकहरुको समुहले फेब्रुवरी २२ तारिखमा टोकियो जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
स्वास्थ्य बिमा कार्ड खारेज गरि माइनम्बर कार्ड अनिवार्यताको बिरोधमा मुद्दा दायर गरेका वादी मध्ये एक र टोकियो स्वास्थ्य बीमा चिकित्सक संघका अध्यक्ष अकियो सुदाले भने, 'उपकरणमा सरकारले अनुदान दिन सक्छ, तर सूचना चुहावट रोक्न उच्च लागत चाहिन्छ । बीमा डाक्टरको योग्यता खारेज गर्ने नीतिले यस क्षेत्रबाट उत्कृष्ट डाक्टरहरू हराए भने ठूलो घाटा हुनेछ ।' हाल माइनम्वर कार्ड केवल करिब ५० प्रतिशत चिकित्सा संस्थामा मात्र सञ्चालनमा आएका छन् ।
अर्कोतर्फ, यो महिनाको १२ तारिखसम्म १२ करोड बढि जनसंख्या मध्ये केवल ४ करोड ६८ लाख ७० हजार व्यक्तिले मात्र आफ्नो माई नम्बर कार्ड बीमा कार्डका रूपमा दर्ता गरेका छन्, जुन माई नम्बर कार्ड जारी भएकामध्ये केवल ६० प्रतिशत हो ।