टोकियो, जापान ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका विज्ञहरूको उपसमितिले जापानमा पहिलो पटक कृत्रिम गर्भपतन गराउन ‘खाने गर्भपतन औषधि’ लाई अनुमोदन गर्नेबारेमा राय संकलन गरेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको उपसमितिमा फेरि छलफल गरी स्वीकृति दिने कि नदिने भनेर औपचारिक निर्णय गर्ने भएको छ । यसबारे थप गम्भिर भएर विचार गर्नुपर्ने समितिका सदस्यहरुले बताएका छन् ।
बेलायती औषधि कम्पनी रेइन फार्माले विकास गरेको ‘मेफिगो प्याक’ को दुई किसिमको औषधि रहेको छ । जसको सेवन गरेर गर्भधारण रोक्ने र शल्यक्रियाजस्ता उपचारविना गर्भपतन गराउन सकिन्छ ।
गर्भपतन गराउन सकिनेमा ९ हप्तासम्मका गर्भवती महिलाहरू हुन् र रेइन फार्माले दुई वर्षअघि डिसेम्बरमा स्वीकृतिको लागि जापानमा आवेदन दिएको थियो ।
गत २७ तारिख बसेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विज्ञ उपसमितिको बैठकले अन्तिममा स्वीकृतिका लागि कुनै समस्या नरहेकोमा सहमति जनाएको थियो ।
बैठकले तोकिएको चिकित्सकले गर्भवती महिलाले लिन चाहेको पुष्टि गरेपछि मात्रै औषधि दिने निर्णय गरिएको थियो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार यो औषधि प्रयोग गरी घरेलु क्लिनिकल परीक्षणमा गर्भपतन गराउन चाहने ९३ प्रतिशत गर्भवती महिलाले २४ घण्टाभित्रै गर्भवतन भएको र करिब ६० प्रतिशतले पेट दुख्नेजस्ता लक्षणको गुनासो गरेका थिए । यद्यपी अधिकांश गुनासो हल्का वा मध्यम थिए खालको भएको र गम्भिर कुनै समस्या नदेखिएको बताइएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले थप सावधानीपूर्वक विचार गर्नुपर्ने आवश्यकताको बारेमा सार्वजनिक टिप्पणी गर्नेछ, र मार्चको सुरुवातमा बस्ने उपसमितिको बैठकमा फेरि छलफल गरेर औषधिलाई स्वीकृति दिने कि नगर्ने औपचारिक निर्णय गर्नेछ ।
उपसमितिले अनुमोदन गरेमा, यो जापानमा पहिलो मौखिक गर्भपतन औषधि हुनेछ ।