(Japan) 5 th June | 2023 | Monday | 1:29:58 AM || (Nepal) 10:14:58 PM
 
 

सोमबारदेखि जापानमा पहिलो स्वदेशी कोभिड खाने चक्की वितरण हुँदै

  POSTED ON : Saturday, 26 November, 2022 | Views : 1040

सोमबारदेखि जापानमा पहिलो स्वदेशी कोभिड खाने चक्की वितरण हुँदै


टोकियो, जापान ।

जापानले अर्को सोमबारबाट पहिलो घरेलु कोभिड बिरुद्धको खाने चक्कीको व्यापक वितरण सुरु गर्ने भएको छ ।

जापानले आगामी सोमबारदेखि निर्धारित समय अगावै स्वदेशमा निर्मित कोभिड–१९ को औषधि जोकोभाको राष्ट्रव्यापी वितरण सुरु गर्ने योजना बनाएको छ ।

जापान सरकारले मङ्गलबार जोकोभालाई आपतकालीन स्वीकृति दिएको छ । कोभिड–१९ को यो पहिलो स्वदेशी चक्की औषधि निर्माता शियोनोगीले बनाएको हो । जोकोको हल्का देखि लक्षण सहितका बिरामीलाई दिन सकिन्छ ।

स्वास्थ्य मन्त्री कातो कात्सुनोबुले शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा १० लाख मानिसहरूका लागि डोज तयार भइसकेको र निर्बाध वितरणको लागि तयारी गरिएको बताएका छन् ।

यसअघि डिसेम्बर महिनामा यस्ता चक्की वितरण गर्ने सरकारको योजना रहेको भए पनि सोमबारदेखि नै चक्की वितरण गरिने उनले बताए ।

जोकोभामा करिब २,९०० मेडिकल सेन्टरहरूमा यि चककी औषधी पठाइनेछ । यी प्रतिष्ठानहरूको विवरण प्रिफेक्चर सरकारहरूको वेबसाइटमा उपलब्ध हुनेछ ।