टोकियो, जापान ।
जापानको दाइइची सान्क्यो कम्पनीले मंगलबार आफ्नो एमआरएनएमा आधारित खोप कोभिड-१९ बूस्टर खोपको रूपमा सफल साबित भएको बताएको छ ।
लगभग ५,००० जापानी वयस्कहरूको परीक्षणमा, डिएस ५६७० भनेर चिनिने खोप पाएकाहरूले कोभिड 'न्यूट्रलाइजिगं एन्टिबडी'हरूको स्तर विकास गरेका छन् । जुन अन्य एमआरएनए खोप पाएका मानिसहरूको तुलनामा थप राम्रो पाइएको कम्पनीले एक विज्ञप्तिमा बताएको छ ।
परिणामहरूको आधारमा, आइइची सान्क्योले जनवरी २०२३ मा नियामकहरूलाई आफ्नो नयाँ कोभिड बुस्टर खोप प्रयोगको आवेदन दिने भएको छ ।
जापान सरकारबाट स्वीकृति पाएमा जापानलाई एमआरएनए भ्याक्सिनहरूका लागि घरेलु स्रोत उपलब्ध हुनेछ । जसले हालसम्म ठूलो मात्रामा कोभिड खोपहरु आयात गरेको छ ।
जापान अमेरिकामा आधारित औषधि निर्माता फाइजर इंक र मोडर्ना इंक द्वारा विकसित खोपको आयातमा निर्भर छ ।
दाइइची सान्क्योको शेयर बेन्चमार्क नयाँ खोप सफलताको खवरसँगै ०.१ प्रतिशतबाट ३.३ प्रतिशत बढेको एशिया निक्केइमा खवर प्रकाशित छ ।