(Japan) 30 th November | 2022 | Wednesday | 11:48:45 AM || (Nepal) 8:33:45 AM
 
 

कोभिड महामारिपछि जापानमा फिटनेस गतिविधि घट्यो

  POSTED ON : Wednesday, 26 October, 2022 | Views : 312

कोभिड महामारिपछि जापानमा फिटनेस गतिविधि घट्यो


टोकियो, जापान ।

जापानीहरुको फिटनेश गतिविधि घट्दै गइरहेको छ । कोरोना भाइरसको महामारी शुरु हुनु अघिको तुलनामा सबै उमेर समूहमा शारीरिक व्यायाम सम्बन्धी गतिविधिमा ह्रास आएको सरकारी सर्वेक्षणले देखाएको हो ।

कोभिडका कारण शारीरिक व्यायामको अवसर घटेको भएपनि फिटनेश गतिविधि घट्नुको दोष सबै कोभिडमाथि दिनु नहुने अध्ययनमा संलग्न जुनतेन्डो विश्वविद्यालयमा व्यायाम फिजियोलोजीका प्राध्यापक हिसाशी नाइतोले भनेका छन् ।

सर्वेक्षण जापानको स्पोर्ट्स एजेन्सीले सन् २०२१ को मेदेखि अक्टोबरको बीचमा गरेको थियो । यसमा ६ देखि ७९ वर्षबीचका करीब ४८ हजार सहभागीहरुको शारीरिक बल र योग्यता मापन गरिएको थियो ।

पकड बल र उठबस लगायत विविध कृयाकलापमा सहभागीहरुको प्रदर्शनका आधारमा सहभागीहरुलाई अंक दिइएको थियो । ६ देखि १९ वर्षका ८० अंकको स्केलमा आठ/९ ओटा व्यायामका लागि अंक पाएका थिए २० देखि ७९ वर्ष उमेरकाले भने ६० अंकको स्केलमा ६/७ ओटा व्यायामका लागि अंक पाएका थिए ।

१३ वर्ष उमेर समूहमा किशोरीहरुको औसत प्राप्तांक ५१ दशमलव ७६ अंक रहेको छ । यो आव २०१९ को तुलनामा १ दशमलव ६९ अंक कम हो । ४० को उत्तराद्र्धमा रहेका पुरुषले ३३ दशमलव ३१ अंक पाएका छन् । यो पनि आव २०१९ को सर्वेक्षणको भन्दा शून्य दशमलव ७५ अंक कम हो ।

७० को उत्तराद्र्धमा रहेका महिलाहरुको व्यायाम अंक आव २०१९ को भन्दा १ दशमलव ४४ अंकले घटेर ३५ दशमलव ३३ अंकमा आएको छ । अधिकांशको प्रदर्शन २ वर्ष अघिको तुलनामा खस्किएको छ । विशेषगरी वृद्धवृद्धाहरुमा कमी उच्च छ ।