(Japan) 3 rd October | 2023 | Tuesday | 5:27:12 AM || (Nepal) 2:12:12 AM
 
 


जापानमा कोरोना संक्रमणपछि तपाईंमा कुनै समस्या छ ? त्यसो हो भने अनलाईनबाट परामर्श लिन सक्नुहुन्छ !

  POSTED ON : Saturday, 08 October, 2022 | Views : 1036

जापानमा कोरोना संक्रमणपछि तपाईंमा कुनै समस्या छ ? त्यसो हो भने अनलाईनबाट परामर्श लिन सक्नुहुन्छ !


टोकियो, जापान ।

जापानले हल्का कोभिड संक्रमण मामिलामा अनलाइन परामर्श लिन सिफारिस गर्ने गरेको छ ।

जापानका स्वास्थ्य अधिकारीहरूले ज्वरोको लक्षण रहेका मानिसहरूलाई कोरोना भाइरसको गम्भीर लक्षणहरू विकास गर्ने उच्च जोखिममा छन् कि छैनन् भनेर पत्ता लगाउन अनलाइन मार्फत डाक्टरहरूसँग सल्लाह गर्न आग्रह गर्ने योजना बनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका विज्ञहरूले यो जाडो मौषमको सुरुमै मौसमी ईन्फ्लुएन्जा फैलिन सक्ने अनुमान गरेकाले चिकित्सा संस्थाहरूमा पर्ने बोझ कम गर्ने उद्देश्यले यो योजना तयार पारेका हुन् ।

मन्त्रालयले ज्वरो आएका अधिकांश मानिसहरूलाई होम एन्टिजेन परीक्षण सिफारिस गर्ने योजना बनाएको छ । यदि उनीहरू संक्रमित फेला परेनन् भने, उनीहरूलाई फोन वा अनलाइनमा डाक्टरसँग परामर्श गर्न वा उनीहरूको पारिवारिक चिकित्सकलाई भेट्न सल्लाह दिइनेछ ।

वृद्धवृद्धा लगायत गम्भीर बिरामी हुने उच्च जोखिममा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष चिकित्सा सल्लाह लिन आग्रह गरिने भएको छ ।

मन्त्रालयका अधिकारीहरूले पनि मानिसहरूलाई चिसो मौषमी ईन्फ्लुएन्जा र कोरोना भाइरस दुवै विरुद्ध खोप लगाउन प्रोत्साहित गर्ने योजना बनाएका छन् ।

मन्त्रालयले योजनाको विवरण अर्को हप्ताको सुरुमा सार्वजनिक गर्ने तयारी गरेको छ ।