टोकियो, जापान ।
नयाँ कोरोना भाइरसको खोप जुन ओमिक्रोन स्ट्रेनको लागि विशेष प्रभावकारी मानिएको छ, यसको प्रयोग गर्न जापानले अनुमोदन गरेको छ ।
१२ वर्ष भन्दा माथिका व्यक्तिहरू जसले दुई मात्रा खोप लगाइसकेका छन्, उनिहरुले यो खोप लगाउन पाउनेछन् । वृद्ध र चिकित्साकर्मीहरूलाई सुरुवातमा अर्को हप्ता यो खोप लगाउन थालिनेछ ।
ओमिक्रोन स्ट्रेनको लागि कोरोना भाइरस खोपलाई 'बाइभ्यालेन्ट भ्याक्सिन' भनिन्छ जसले परम्परागत स्ट्रेनबाट व्युत्पन्न दुई प्रकारका कम्पोनेन्टहरू र एक ओमिक्रोन स्ट्रेन, 'बिए १' को संयोजन गर्दछ, र हाल विश्वभर संक्रमण फैलिएको भाइरस बताइन्छ । यद्यपी बिए ५ ओमिक्रोनको नयाँ भेरियन्ट बिरुद्ध यो कत्तिको प्रभावकारी छ भन्नेकुराको अनुसन्धान रिपोर्ट केही आएको छैन ।
अमेरिकी औषधि कम्पनी फाइजर र मोडेर्ना दुवैले अगस्टमा स्वीकृतिका लागि आवेदन दिएका थिए र १२ तारिख साँझ आयोजित स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका विज्ञहरूको उपसमितिले जापानमा यसको प्रयोगलाई विशेष मामलाको रूपमा अनुमोदन गरेको हो ।
फाइजार १२ वर्ष वा सो भन्दा माथिका मानिसहरूका लागि प्रयोग गर्न सकिन्छ, र मोडेर्ना भ्याक्सिन १८ वर्ष वा माथिका मानिसहरूका लागि तोकिएको छ । यो परम्परागत खोपहरूको दुई खुराक पूरा गरेका मानिसहरूका लागि बूस्टर खोपको रूपमा प्रयोग गरिन्छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले पछिल्लो खोपदेखि कम्तिमा ५ महिना वा सोभन्दा बढी समय खोप लगाएका १२ वर्ष वा सोभन्दा माथिका सबैलाई लक्षित गर्ने योजना बनाएको छ र अक्टोबरसम्म करिब ६ करोड ८५ लाख मानिस योग्य हुने अनुमान गरिएको छ ।
सेप्टेम्बर १९ पछि ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीलाई खोप लगाइने र खोपको प्रगतिलाई ध्यानमा राख्दै स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले प्रत्येक स्थानीय सरकारलाई लक्षित जनसंख्या विस्तार गर्न आग्रह गर्नेछ ।