टोकियो, जापान ।
जापानमा यस वर्ष सिफिलिस तीव्र गतिमा फैलिरहेको छ । विगत २ दशकभन्दा बढी समयताकै तीव्र दरमा अहिले सिफिलिसका बिरामीहरु बढिरहेका छन् । यो वर्षको अन्त्यसम्मा यो संख्या १० हजार नाघ्ने विज्ञहरुले बताएका छन् ।
जनवरी देखि अगष्ट ७ सम्ममा देशभरमा ७ हजार १३ जनामा सिफिलिस देखिएको जापानको राष्ट्रिय संक्रामक रोग संस्था (एनआईआईडी)ले बताएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा १ दशमलव ७ गुणा धेरै हो । बिरामीको संख्या अहिलेकै दरमा निरन्तर बढे भने यो वर्ष सिफिलिसका बिरामी १० हजार नाघ्न सक्ने विज्ञहरु बताउँछन् ।
यस वर्ष सन् १९९९ यता तुलना योग्य तथ्यांक उपलब्ध भएयता पहिलो पटक सिफिलिसका बिरामी १० हजार माथि उक्लिने देखिन्छ ।
सिफिलिसका कूल बिरामीमध्ये ३ दशमलव ६७ प्रतिशत पुरुष छन् । महिला संक्रमितमध्ये ७५ प्रतिशत २० देखि ३९ वर्षबीचका छन् । पुरुषमा भने सबै उमेर समूहमार लगभग उत्तिकै संक्रमण पाइन्छ ।
सिफिलिस संक्रामक यौन रोग हो । यसका बिरामीमा कुनै लक्षण देखिन्न । देखिएपनि छिटै लक्षण हराउँछ । यो रोगको उपचार छ । तर समयमै उपचार गरिएन भने यसले मस्तिष्क र मुटुमा गम्भीर समस्या निम्त्याउन पनि सक्छ ।