टोकियो, जापान ।
जापान मन्किपक्सको रोकथाम र उपचारको लागि काम काम गरिरहेको छ ।
जापानका स्वास्थ्य अधिकारीहरूले गत जुलाईको अन्त्यमा विदेशबाट जापान आएका दुई व्यक्तिमा मन्किपक्सको सङ्क्रमण देखिएपछि सङ्क्रमण फैलिन नदिनका लागि कदमहरु चालिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले मन्किपक्स विरुद्ध ८५ प्रतिशत प्रभावकारी मानिने बिफर खोपको प्रयोगलाई मंगलबार स्वीकृति दिएको छ ।
मन्त्रालयले बिफरको उपचारमा प्रयोग हुने चक्की टेकोभिरिमेटबाट मन्किपक्सको उपचार गर्ने सम्भावनाको खोजी गरिरहेको छ ।
मन्त्रालयले प्रिफेक्चरका सार्वजनिक स्वास्थ्य संस्थाहरूमा मन्किपक्सको परीक्षणको लागि प्रणाली स्थापना गरिरहेको छ । सरकारले नगरपालिकालाई शंकास्पद केसहरू तुरुन्त रिपोर्ट गर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयका अधिकारीहरू भन्छन् कि उनीहरूले रिपोर्टिङ सर्तहरू र परीक्षण पुस्तिकाहरू परिमार्जन गर्न सक्छन्, किनकि प्राप्त रिपोर्टहरूमा यौन रोगसंग सम्वन्धित भएका केसहरू आएका छन्, जुन विशेष लक्षणहरू समान जस्तै देखिन्छन् ।
अधिकारीहरूले स्वास्थ्यकर्मी, प्रयोगशाला कर्मचारी र खोप दिन इच्छुक स्वास्थ्य केन्द्रका कर्मचारीहरूलाई खोप उपलब्ध गराउने विषयमा पनि छलफल गर्दैछन् ।
जापानमा पर्याप्त मात्रामा बिफरको खोप रहेको मन्त्रालयले जनाएको छ । यसको अर्थ जापानमा मन्किपक्स भाइरस संक्रमण देखिएमा र पुष्टि भएका तत्काल उपचारको लागि आवश्यक खोप र औषधिको व्यवस्था सरकारले गरिसकेको छ ।