टोकियो, जापान ।
विश्वभर डरलाग्दो रूपमा फैलिरहेको मन्कि पक्स भाइरसको नयाँ बिरामी टोकियोमा पुष्टि भएको छ । गभर्नर युरिको कोइकेले बिहीबार टोकियोमा दोस्रो मंकिपक्सको बिरामी भेटिएको जानकारी गराएकी हुन् ।
कोइकेले राष्ट्रिय गभर्नर्स एसोसिएसनको बैठक बसिरहेको नारा प्रान्तमा पत्रकारहरुसँग कुरा गर्ने क्रममा यसबारेमा बताएकी हुन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १८ हजार भन्दा बढि व्यक्तिमा मंकिपक्स भाइरस संक्रमण पुष्टि भइसकेको छ ।
जापानका स्वास्थ्य अधिकारीहरुले मंकिपक्स भाइरस भित्रभित्रै फैलन थालिसकेको हुनसक्ने आशंका सहित विशेष सतर्कता अपनाउन सरकारलाई सजक गराएका छन् ।