(Japan) 10 th August | 2022 | Wednesday | 7:27:28 PM || (Nepal) 4:12:28 PM
 
 

मन्किपक्स भाइरस विश्वभर फैलन थालेपछि डब्लुएचओद्धारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

  POSTED ON : Sunday, 24 July, 2022 | Views : 842

मन्किपक्स भाइरस विश्वभर फैलन थालेपछि डब्लुएचओद्धारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा


टोकियो, जापान ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी मन्किपक्स भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको रुपमा लिंदै विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

२००९ पछि यस्तो घोषणा गरिएको यो सातौं पटक हो । सबैभन्दा पछिल्लो पटक कोभिड १९ का लागि विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । सन् २०२० मा कोरोनालाई यस्तै आपतकाल घोषणा गरिएको थियो । मन्किपक्स बारेमा बिहीबार विज्ञहरूको समितिको बैठक पछि शनिवार यस्तो घोषणा गरिएको हो ।

मन्किपक्स एक भाइरल संक्रमण हो जुन सामान्यतया मध्य र पश्चिमी अफ्रिकाका जनावरहरूमा पाइन्छ । यद्यपि यसले मानिसमा प्रकोप निम्त्याउन सक्छ । भाइरस स्थानीय रुपमा संक्रमण नफैलिएका देशहरूमा कहिलेकाहीं मन्किपक्स संक्रमितका मामिलाहरू पहिचान भइरहेका छन्, पछिल्लो प्रकोप अभूतपूर्व रुपमा बृद्धि भएको छ। युरोपका देशहरू सबैभन्दा बढी प्रभावित भएका छन् भने अमेरिका, क्यानडा, अष्ट्रेलिया, नाइजेरिया, इजरायल, ब्राजिल र मेक्सिकोमा पनि मन्किपक्सका घटनाहरू रिपोर्ट गरिएका छन् ।

डब्ल्यूएचओले हालै नयाँ वा धेरै जनासँग यौन सम्पर्क गरेको बताउने पुरुषहरूमा यसको प्रकोप ठूलो मात्रामा फैलिएको बताएको छ । यद्यपि, विज्ञहरूले जोड दिएका छन् कि मन्कीपक्स कसैलाई पनि लाग्न सक्छ किनकि यो नजिकको वा घनिष्ठ सम्पर्कबाट फैलिएको छ ।