(Japan) 10 th August | 2022 | Wednesday | 8:24:08 PM || (Nepal) 5:09:08 PM
 
 

जापानद्धारा देशमै बनेको कोरोना बिरुद्धको खाने औषधि स्वीकृत स्थगित

  POSTED ON : Thursday, 21 July, 2022 | Views : 352

जापानद्धारा देशमै बनेको कोरोना बिरुद्धको खाने औषधि स्वीकृत स्थगित


टोकियो, जापान ।

जापानको स्वास्थ्य मन्त्रालयको प्यानलले बुधवार शिओनोगी एण्ड कम्पनी द्वारा विकसित खाने कोभिड-१९ औषधिको प्रयोगलाई अनुमोदन गर्ने निर्णय स्थगित गरेको छ । गत महिनाको बैठक पछि ढिलाइ हुने निर्णयको लागि दोस्रो पटक बसेको थियो, जसले तत्काल औषधि प्रयोगलाई स्विकृत नगर्ने निर्णय गरेको हो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय प्यानलका सदस्यहरूले स्थगित गरेको र छलफल जारी राख्ने निर्णय गरेको हो । जापानी फार्मास्यूटिकल फर्मले यसको क्लिनिकल परीक्षणहरूमा औषधिको प्रभावकारिता प्रदर्शन गर्न असमर्थ भएको चिन्ताको बीचमा सरकारी समितिबाट यस्तो निर्णय आएको हो ।

औषधि र चिकित्सा उपकरण एजेन्सीले मौखिक रूपमा प्रशासित कोरोनाभाइरस चक्की (छोकोभा) प्रभावकारी नभएको बताएको थियो, 'यो वर्तमानमा, यसलाई उपचारको लागि एक विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ कि भनेर निर्धारण गर्न असक्षम छ' प्यानलमा पेश गरिएका कागजातहरूमा उल्लेख छ ।

यद्यपि मध्य चरण क्लिनिकल परीक्षणहरूले शरीरमा कोरोना भाइरस कम गर्न प्रभावकारिता देखाए तापनि प्लेसबो विरुद्ध औषधि दिइएकाहरू बीच टाउको दुख्ने र वाकवाकी जस्ता कुल १२ लक्षणहरू कम गर्नमा कुनै ठोस भिन्नताहरू नदेखाएको बताइएको छ ।

शियोनोगीले फेब्रुअरीमा स्वास्थ्य मन्त्रालयमा औषधिको सशर्त प्रारम्भिक स्वीकृतिको लागि निवेदन दिएको थियो ।

जापान सरकार औषधिको प्रयोग स्विकृत भएमा तत्काल १० लाख मानिसका लागि पर्याप्त मात्रा किन्न सहमत भएको छ ।