(Japan) 27 th June | 2026 | Saturday | 6:36:34 AM || (Nepal) 3:21:34 AM
 
 

जापानमा गर्मी अत्यधिक बढेपछि ‘हिटस्ट्रोक’ बीमा गर्ने बढे

  POSTED ON : Monday, 04 July, 2022 | Views : 2264

जापानमा गर्मी अत्यधिक बढेपछि ‘हिटस्ट्रोक’ बीमा गर्ने बढे


टोकियो, जापान ।

जापानमा हिटस्ट्रोक बीमा गर्नेको संख्या बढेको छ । जुनको अन्त्यतिर गर्मी असामान्य रुपमा बढेपछि हिटस्ट्रोक बीमा गराउनेको संख्या बढ्न थालेको जीवन बीमा कम्पनी सुमितोमोले बताएको हो ।

कम्पनीले यही बसन्तमा हिटस्ट्रोक बीमा प्रडक्ट शुरु गरेको थियो । जुनको अन्त्यसम्ममा कम्पनीले दैनिक ४०० ओटासम्म बीमा नीति बेचेको थियो । तर जुन २९ मा दैनिक संख्या बढेर ६ हजार ९०० मा पुगेको थियो ।

यो बीमाले हिटस्ट्रोक भएर दुई वा सो भन्दा धेरै रातसम्म अस्पताल नै भर्ती गरेर सलाइन पानी नै दिएर उपचार गराउनु परेको अवस्थाको खर्च बेहोर्छ । पछिल्लो समय जापानभर उर्खमाउलो गर्मी छ ।

जापानको कान्तो समेतका कयौं क्षेत्रमा यस वर्ष वर्षात् औसत भन्दा कयौं दिन अगावै सकिएको थियो । योसँगै जुन महीनामा गर्मी यस अघि कहिले नदेखिएको स्तरमा उक्लियो ।

महीनाको अन्त्यतिर गर्मी झनै चर्किएको थियो । गएको हप्ता हिटस्ट्रोकका कारण एम्बुलेन्सले अस्पताल पुर्याएका बिरामी अघिल्लो हप्ताको तुलनामा ३ दशमलव ४ गुणाले बढेर ४ हजार ५५१ मा पुगेको थियो ।