(Japan) 22 nd July | 2026 | Wednesday | 1:23:30 PM || (Nepal) 10:08:30 AM
 
 

जापानमा यस बर्ष पहिलो पटक आज गर्मिका कारण हृदयघात हुनसक्ने सावधानी सतर्कता जारी

Mainichi   POSTED ON : Thursday, 30 June, 2022 | Views : 4406

जापानमा यस बर्ष पहिलो पटक आज गर्मिका कारण हृदयघात हुनसक्ने सावधानी सतर्कता जारी


टोकियो, जापान ।

जापानको वातावरण मन्त्रालय र मौसम विज्ञान एजेन्सीले जुन ३० मा राजधानीमा यस वर्षको पहिलो 'हिट स्ट्रोक' सावधानी सतर्कता (गर्मिका कारण हुनसक्ने हृदयघात सम्मको चेतावनी र सावधानी सतर्कता) जारी गरेको छ ।

बढ्दो तापक्रमका कारण हिटस्ट्रोकको जोखिम अत्यधिक हुने भएकाले बाहिर ननिस्कन र चिसो वातावरणमा बस्न मन्त्रालय र निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

घर बाहिरको यात्रामा निक्लनुपर्ने अवस्थामा छाता ओड्न, चिसो पानी तथा पेय पदार्थ तारन्तार पिउन, शारिरिक व्यायाम तथा शरिरलाई भार पर्ने काम नगर्न सचेत गराएको छ ।