टोकियो, जापान ।
अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर इंकले बुधबार जापानको स्वास्थ्य मन्त्रालयमा ५ देखि ११ वर्षका बालबालिकाका लागि कोभिड १९ 'बूस्टर शट'को स्वीकृतिको लागि आवेदन दिएको छ ।
तेस्रो खोपको 'शट'हरू जापानमा वयस्कहरूलाई व्यापक रूपमा लगाउने काम चलिरहेको छ । तर ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकाहरूलाई हाल मात्र दुईवटा खोपमात्र लिन अनुमति दिइएको छ ।
अप्रिलमा जारी गरिएको फाइजरको 'क्लिनिकल ट्रायल डाटा'का अनुसार, यसको बूस्टर शटहरूले दोस्रो शटको छ महिना पछि ५ देखि ११ वर्षका बच्चाहरूलाई प्रशासित गर्दा भाइरस गतिविधिहरूलाई रोक्ने 'एन्टिबडी'हरूको 'न्यूट्रलाइजिंग'को मात्रा छ गुणा बढेको बताईन्छ ।
खोपहरू कोरोना भाइरसको ओमिक्रोन संस्करणका लागि प्रभावकारी पाइएको र कुनै सुरक्षा समस्याहरू पहिचान नगरिएको कम्पनीले बताएको छ ।
'यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन'ले मे महिनामा यो उमेर समूहका बालबालिकाहरूका लागि फाइजरको 'बूस्टर शट'हरू स्विकृत गरेको थियो ।