टोकियो, जापान ।
नेपाली सांगीतिक इतिहासमा कन्दरा व्याण्डले एक ऐतिहासिक र महत्त्वपूर्ण स्थान राख्छ । कन्दरा व्याण्डले आधुनिक नेपाली पप संगीतको सुरुवाती दौरानमा ठुलो योगदान दिएको छ ।
कन्दरा व्याण्डलाई नेपालको पहिलो अर्ध व्यावसायिक रक व्याण्ड मानिन्छ । यसले नेपाली संगीतमा पश्चिमी रक संगीतको ध्वनि र शैलीलाई ल्याउने जस पनि पाएको छ ।
कन्दरा व्याण्ड आफ्नै रेकर्डिङ्ग भन्दा पनि लाइभ प्रदर्शनमा बढी ख्याती कमाएको व्याण्ड हो । कन्दरा व्याण्ड आफ्नै फ्याशन, बजाउने शैली र स्टेशन प्रदर्शनीहरुका कारण युवाहरुमा तीन दशक देखि उस्तै लोकप्रिय रहँदै आएको छ ।
हालै मात्र बेलायत र अष्ट्रेलियाको भव्य सांगितिक टुरबाट अपार माया पाएर स्वदेश फर्किएको कन्दरा व्याण्डले जापानका नेपालीहरुलाई झण्डै एक दशकपछि आफ्नो सांगितिक स्वाद पस्कने भएको छ ।
योमन वेव र बिजुली ईन्टरटेनमेन्ट जापानको आयोजनामा जापानमा आउन लागेको कन्दरा व्याण्डले टोकियो र नागोया शहरमा विशेष सांगितिक प्रस्तुती प्रस्तुत गर्नेछ ।
आयोजक बिजुली ईन्टरटेनमेन्ट जापानका प्रमुख विक्रम क्षेत्रीका अनुसार ३२ औं बर्षको सांगितिक यात्रामा कन्दरा व्याण्डको पुरै टिम सहित होस्टको रुपमा संचारकर्मी विश्व लिम्बु पनि जापान यात्रामा आउँदैछन् ।
दोस्रो जापान यात्राका क्रममा कन्दरा व्याण्डले टोकियोको कावासाकीमा रहेको भव्य क्लव सिट्टामा आफ्नो लाईभ कन्सर्ट प्रस्तुत गर्नेछ ।
सेप्टेम्बर ४ तारिख कार्यक्रम ठिक ७ बजेबाट सुरु हुनेछ भने हल प्रवेश ५ बजेबाट खुल्ने आयोजक विक्रम क्षेत्री बताउँछन् । कन्दरा व्याण्डको प्रस्तुती अघि जापानको स्थानिय व्याण्डहरुले आफ्नो सांगितिक प्रस्तुती पस्कनेछन् ।
कन्दरा व्याण्डको तर्फबाट विवेक श्रेष्ठ मेन भोकलिष्टमा रहने छन् भने हर्क बहादुर क्षेत्री ड्रमर, अभिनास गायक मादल तथा सन्देश परियार गिटारमा रहनेछन् । यसैगरि दया बाबु झा बेसमा निरज कुमार विश्वकर्मा कि बोर्ड तथा नविन थापालो टेक्निकल पार्ट सहित साइमोन ताझ्याले साउण्डको जिम्मेवारी सम्हाल्नेछन् ।
जापानमा ८ बर्ष पहिले आफ्नो पहिलो सांगितिक कार्यकम प्रस्तुत गरेको पोखराको चर्चित ब्यान्ड कन्दरा आफ्नो दोस्रो लाईभ सांगितिक कार्यक्रमको लागि जापान आउने तयारीमा व्यस्त रहेको छ । यता आयोजकले कन्दरा व्याण्डको लाईभ कन्सर्टलाई लाईट, साउण्ड देखि सबै हिसाबले भव्य बनाउन आफ्नो सम्पुर्ण तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
सन् १९८० मा स्थापित कन्दरा व्याण्ड जो आफ्ना रेकर्डिङ्ग गीतहरुसँगै लाईभ कन्सर्टको लागि ख्यातिप्राप्त छ जापानका आयोजकले कन्सर्ट हुने हलका रुपमा समेत टोकियो र नागोया दुवै स्थानमा सोहि अनुसारको हल छनौट गरेका छन् ।
टोकियोमा हुने कन्सर्ट स्थलमा यसअघि विश्व चर्चित निर्भाना, रेड हट चिलि पेपर, ओएसिस, स्किड रो लगायत दर्जनौं सांगितिक व्याण्ड र लोकप्रिय गायक गायिकाहरुले आफ्नो लाईभ प्रस्तुती प्रस्तुत गरिसकेका छन् ।
हगंकगं पोखरा, लेककी हे माया, तगारोमा रुमाल राखि, चन्चले कान्छी, देउरालीको चौतारीमा जस्ता दर्जनौं गीत मार्फत सम्झिरहेको आफ्नो प्रिय कन्दरा व्याण्डलाई प्रत्यक्ष सुन्न र सँगै रमाउन पाउने भएपछि टोकियोवासी नेपालीहरु उत्साहित देखिएका छन् । यसको झल्को टिकट विक्रिमा पनि देखिएको छ । आयोजकका अनुसार हाल ३ सय बढि टिकट अग्रिम बुकिगं भइसक्दा दैनिक दर्जनौं टिकट बुकिगं भइरहेको छ ।
तपाईं पनि कन्दरा व्याण्डसँगै लाईभ कन्सर्टमा रमाउन चाहनुहुन्छ भने +81 080-6779-7770 नम्वरमा फोन गरेर वा लाईन, भाईबर तथा ह्वाट्स एपमा सम्पर्क गरि टिकट खरिद गर्न सक्नुहुन्छ । समुहमा टिकट गर्नेहरुका लागि विशेष छुटको व्यवस्था समेत गरिएको आयोजकले जानकारी दिएको छ ।