टोकियो, जापान ।
जापानमा रहेका नेपाली गीत संगीत सिर्जना र गायनमा सक्रिय सर्जक यमलाल कँडेलले यस बर्षको तीन गीत 'हाँस्नी हो नाच्नी हो' सार्वजनिक गरेका छन् ।
यसअघि मरि लानु के छ र ?, बेईमानी, कसले होला लानी ? लगायत लोकप्रिय गीत ल्याईसकेका गायक यमलालले आफ्नै शब्द र संगीतमा तीज गीत लेराएका हुन् ।
'हाँस्नी हो नाच्नी हो' तीज गीतमा गायिका बेनिसा पौडेलले यमलाललाई साथ दिएकी छिन् ।
गीतमा सुरेश कोहली र पार्बती श्रेष्ठको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई यसलाल कँडेलले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
यस्तो छ म्यूजिक भिडियो