(Japan) 30 th June | 2026 | Tuesday | 9:53:01 PM || (Nepal) 6:38:01 PM
 
 

टोकियोमा स्वस्तिमा, रविन्द्र सहित प्रदीप भट्टराईको साथमा चलचित्र ‘लाली बजार’ को विशेष शो हुँदै

  POSTED ON : Wednesday, 01 July, 2026 | Views : 184

टोकियोमा स्वस्तिमा, रविन्द्र सहित प्रदीप भट्टराईको साथमा चलचित्र ‘लाली बजार’ को विशेष शो हुँदै


टोकियो, जापान ।

जापानमा रहेका नेपाली चलचित्रप्रेमीहरुका लागि आगामी जुलाई १८ तारिख शनिवार विशेष दिन हुने भएको छ ।

टोकियो ड्रिम्स इन्टरटेन्मेन्ट, बी एन्ड बी टेक र फिसटेल होम्सको संयुक्त प्रस्तुतिमा ‘टोकियो शो विथ एक्टर्स एण्ड प्रोड्युसर’अन्तर्गत नेपाली चलचित्र ‘लाली बजार’ को विशेष प्रदर्शन तथा कलाकारसँग प्रत्यक्ष भेटघाट कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा चलचित्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता तथा निर्माता रविन्द्र सिंह बानियाँ, साथै लेखक, निर्देशक तथा निर्माता प्रदीप भट्टराई जापान आउने भएका छन् । कार्यक्रममा दर्शकहरूले कलाकारहरुसँगै बसेर चलचित्र हेर्न तथा प्रत्यक्ष अन्तरक्रिया गर्ने विशेष अवसर पनि पाउनेछन् ।

यो विशेष कार्यक्रम साँझ ६ बजे टोकियोको नाकानो जेरो हलमा आयोजना हुनेछ । आयोजकका अनुसार जापानमा रहेका नेपाली समुदायलाई नेपाली चलचित्रसँग जोड्ने तथा कलाकार र दर्शकबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको आधिकारिक प्रायोजक रोबिन शेरचन रहेका छन् भने येहे रेमिट सिल्भर स्पोन्सरका रूपमा जोडिएको छ । जापानसमाचार डटकम कार्यक्रमको मिडिया पार्टनर रहेको छ ।

टिकट तथा थप जानकारीका लागि आयोजकले 070-8561-7869 र 090-1289-1458 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । साथै टोकियो ड्रिम्सको फेसबुक पेजमा सम्पर्क गरेर पनि टिकट खरिद गर्न सक्नुहुनेछ ।

जापानमा रहेका नेपाली चलचित्रप्रेमीका लागि यो कार्यक्रम मनोरञ्जनसँगै आफ्ना मनपर्ने कलाकारसँग प्रत्यक्ष भेट गर्ने दुर्लभ अवसर बन्ने अपेक्षा गरिएको छ ।

तपाईं पनि नेपालमा ५१ दिन मनाउन सफल यस बर्षकै सफल मध्येको एक चलचित्र लालिबजार लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्का लगायतसँगै बसेर हेर्न तथा भेटघाटको मौका छुटाउन चाहनुहुन्न भने बेलैमा टिकट खरिद गर्न सक्नुहुनेछ ।
टोकियो ड्रिम्सको फेसबुक पेज