टोकियो, जापान ।
जापानमा एनआरएनए चुनावको रौनक लागि रहँदा महासचिवमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका लोकप्रिय गायक तथा सर्जक श्याम शितलले आफ्नो नयाँ गीत 'लै बरी लै' सार्वजनिक गरेका छन् ।
शिरमा शिरफुल, नैना, निरमाया, तिम्रो मनको मान्छे, परदेशी लगायत दुई दर्जन बढि लोकप्रिय गीतका सर्जक तथा गायक शितलले 'लै बरी लै'मा अर्की लोकप्रिय गायिका समिक्षा अधिकारीसँग सहकार्य गरेका छन् ।
समिक्षा र श्याम शितलको स्वर रहेको लै बरी लै गीतमा शब्द र संगीत शितल स्वयंले भरेका हुन् । रोमान्टिक शैलिको गीतलाई कार्टुन क्रिउले निर्माण गरेको छ भने गीतमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्ति विक्रम शाही र एन्जेल राईको उत्कृष्ठ अभिनय रहेको छ ।
गीतमा प्रेममा परेका प्रमिल जोडिको भावनालाई जति सुन्दर शब्दमा गायक श्याम शितलले शब्द लेखनी सँगै संगीत भरेका छन् त्यस्तै उत्कृष्ठ भिडियो निर्देशन सहितको निर्माण गरिएको छ । म्यूजिक भिडियो कार्टुन क्रिउको आधिकारीक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
'लै बरी लै' को म्यूजिक भिडियो सार्वजनिक भएको एकदिनमै करिव ४ लाख पटक हेरिसकिएको छ ।
तपाईंपनि गायक सर्जक तथा एनआरएनए अभियन्ता समेत रहेका श्याम शितलको म्यूजिक भिडियो हेर्न सक्नुहुन्छ