होक्काइदो, जापान ।
जापान मौषम विज्ञान एजेन्सीले जापानको होक्काइदोको तोकाची क्षेत्र आसपास सोमबार बिहान शक्तिशाली भूकम्प गएको बताएको छ । भूकम्पको कम्पन ६.२ म्याग्निच्युड मापन गरिएको छ ।
एजेन्सीका अनुसार सुरुमा ६.१ मापन गरिएको उक्त भूकम्पको परिमाण अब ६.२ कायम गरिएको छ। यससँगै भूकम्पको केन्द्रबिन्दुको गहिराइ पनि ८० किलोमिटरबाट ८३ किलोमिटरमा परिवर्तन गरिएको छ।
भूकम्प आएको समयसमेत सानो संशोधन गर्दै सोमबार बिहान ५:२४ बाट ५:२३ मा सच्याइएको छ।
एनएचके समाचार संस्थाले विस्तृत अवलोकन तथ्यांकको पुनः विश्लेषणपछि यी परिमार्जन गरिएको उल्लेख गरको छ । यस्तो प्रकारको संशोधन सामान्य प्रक्रिया भएको र थप सटीक जानकारी दिनका लागि गरिने गरिएको पनि एजेन्सीले स्पष्ट पारेको छ।
हालसम्म यस भूकम्पबाट ठूलो क्षतिको रिपोर्ट भने आएको छैन, तर भूकम्पबाट सबैलाई सतर्क रहन सम्बन्धित निकायहरूले आग्रह गरेका छन् ।
आगामी साताभित्रमा समान स्तरको वा कम्तिमा ५ म्याग्निच्युडसम्मको भूकम्प जाने सम्भावना रहेकाले सतर्क रहन मौषम विज्ञाज एजेन्सीले आग्रह गरेको छ ।