(Japan) 12 th October | 2025 | Sunday | 10:27:19 AM || (Nepal) 7:12:19 AM
 
 

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

  POSTED ON : Wednesday, 30 July, 2025 | Views : 784

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी


टोकियो, जापान ।

जापानको सामुन्द्रिक क्षेत्रमा सुरुमा १ मिटरसम्मको सुनामीको सतर्कता जारी गरिएकोमा पछि सच्याएर ३ मिटरसम्मको छाल आउनसक्ने भन्दै चेतावनी जारी गरिएको छ । सामुन्द्रिक किनार आसपास नजान र भएकाहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा जान भनिएको छ ।

रुसी समय अनुसार भूकम्प बिहान ८ बजेर २५ मिनेटमा गएको हो । भूकम्पको मापन सुरुमा ८ म्याग्निच्युड भनिएपनि त्यसलाई सच्याएर पछि ८.७ म्याग्निच्युडको भएको बताईएको छ ।

...

जापान नजिकैको रूसको कामचट्का प्रायद्वीपको पूर्वी क्षेत्रमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानसम्म भूकम्पको कम्पन महसुश नगरिएपनि सुनामीको सतर्कता भने जारी गरिएको छ ।

जापान मौसम विभाग एजेन्सीले टोकियो क्षेत्र सहित होक्काइदोदेखि क्युशुसम्मको प्रशान्त महासागर तटीय क्षेत्रमा सुनामी सतर्कता सूचना जारी गरेको छ ।

एजेन्सीका अनुसार सुनामीले ल्याउने छाल १ मिटरसम्म अग्लो हुनसक्नेछ । सामुन्द्रिक तट क्षेत्रका बासिन्दालाई समुद्र किनार र नदीको मुख्य भाग तर्फ नजान सचेत गराइएको छ । साथै आजका लागि सामुन्द्रिक किनार आसपास नजान समेत भनिएको छ ।

यस भूकम्पबाट जापान, अलास्का, हवाई र अमेरिकाको पश्चिम तटीय क्षेत्रमा सुनामी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।