(Japan) 12 th October | 2025 | Sunday | 10:27:24 AM || (Nepal) 7:12:24 AM
 
 

दैनिक सयौं भूकम्प गइरहेपछि जापानको एउटा टापु खाली गराएर बासिन्दाहरुलाई अन्यत्र सारियो

  POSTED ON : Friday, 04 July, 2025 | Views : 492

दैनिक सयौं भूकम्प गइरहेपछि जापानको एउटा टापु खाली गराएर बासिन्दाहरुलाई अन्यत्र सारियो


टोकियो, जापान ।

जापानको खागोशिमा प्रान्तको एउटा टापुका बासिन्दाहरूले भूकम्पको शृङ्खलाबद्ध कम्पनका कारण त्रासदी भोग्नु परेपछि उक्त टापुनै खाली गराएर अन्यत्र सारिएको छ ।

जापान मौसम विज्ञान एजेन्सीले बिहीबारसम्ममा ६ म्याग्निच्युड मुनिका १९१९ पटक भूकम्प मापन गरिएको बताएको छ । यो तथ्याङ्क उपलब्ध भएदेखि तोशिमा गाउँमा रेकर्ड गरिएको अहिलेसम्मकै धेरै भूकम्प संख्या हो ।

शुक्रबार बिहान, तोशिमा टापुहरू मध्ये एक अकुसेकिजिमाको तोशिमा गाउँका बासिन्दाहरू पानि जहाजबाट खागोशिमाको बन्दरगाहतिर लागेका छन् । जहाँ उनीहरू अस्थायी आवासमा बस्नेछन् ।

गाउँका मेयर कुबो जेनिचिरोले बिहीबार खागोशिमा प्रान्तको विपद् प्रतिक्रिया कार्यदलको बैठकमा सोही दिन अकुसेकिजिमामा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको बताएका छन् ।

कुबोले तोशिमाका अधिकारीहरूले खागोशिमा शहर छाड्न चाहने बासिन्दाहरूलाई समुद्री मार्गबाट ​​अन्यत्र पठाउने बताएका छन् ।

अधिकारीहरूले उद्धार कार्य लगभग एक हप्तासम्म चल्ने अपेक्षा गरिएको बताएका छन्। अन्य टापुका बासिन्दाहरूलाई पनि बाहिर निकाल्न सकिने बताइएको छ ।

जुन २१ देखि अकुसेकिजिमा र कोदाकराजिमा वरिपरि भूकम्पीय गतिविधि बढेको छ, १ वा सोभन्दा बढी तीव्रताको १,००० भन्दा बढी भूकम्प अवलोकन गरिएको छ।

अकुसेकिजिमा र कोदाकराजिमा तोकारा टापु भनिने द्वीपसमूहको भाग हुन्। 

डिसेम्बर २०२१ मा ५ म्याग्निच्युडसम्मका सयौं भूकम्पले अकुसेकिजिमालाई हल्लाएपछि तोशिमाका अधिकारीहरूले यस्तै प्रकारका उद्धार कार्यहरू गरेका थिए ।