(Japan) 17 th October | 2025 | Friday | 5:49:43 AM || (Nepal) 2:34:43 AM
 
 

नेपाल भारत र श्रीलंकामा अर्को बर्ष हुने टी-२० विश्वकप क्रिकेटमा छनौट

  POSTED ON : Thursday, 16 October, 2025 | Views : 194

नेपाल भारत र श्रीलंकामा अर्को बर्ष हुने टी-२० विश्वकप क्रिकेटमा छनौट


काठमाडौं, नेपाल ।

नेपाल टि-२० विश्वकप क्रिकेटमा छनौट भएको छ । दुई खेल बाँकी छँदै नेपाल सन् २०२६ मा हुने टी-२० विश्वकप क्रिकेटका लागि छनौट भएको हो । यो सँगै लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्ने नेपालको लक्ष्य पूरा भएको छ ।

बुधवार पहिलो खेलमा कतारले जापानलाई ३ विकेटले पराजित गरेसँगै दोस्रो खेलमा यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि अङ्कतालिकाका आधारमा दुई खेल खेल्न बाँकी रहँदै नेपालको विश्वकप यात्रा सुनिश्चित भएको हो ।

सन् २०२६ को फेब्रुअरी र मार्चमा हुने टी-२० विश्वकप क्रिकेट यो पटक भारत र श्रीलङ्कामा हुँदै छ।‍

सूपर सिक्सुमा सहभागी छ टोलीको अङ्कतालिकामा नेपाल र ओमानको समान ६/६ अङ्क छ।

आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपालका कप्तान रोहित कुमार पौडेलले सपनाको सुरुवात भएको बताएका छन्। छनोटपछि फेसबुकमा लेख्दै उनले भनेका छन्–यहाँ सपनाको अन्त्य भएको हैन, सुरुवात भएको छ । 

विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुशीको पलको हकदार भएको उनको भनाई छ । 

एसिया तथा पूर्वी एसिया प्यासिफिकबाट भइरहेको छनोट खेलमा नेपाल र ओमान विश्वकप यात्रा सुनिश्चित गरेका हुन्।

बाँकी एक स्थानका लागि अब यूएई, कतार र जापानबिच प्रतिस्पर्धा हुनेछ।