(Japan) 18 th June | 2026 | Thursday | 10:10:39 AM || (Nepal) 6:55:39 AM
 
 

जापानको नयाँ रेकर्ड : फुटबलमा पहिलो पटक ब्राजिलमाथि जापानको जीत

  POSTED ON : Wednesday, 15 October, 2025 | Views : 778

जापानको नयाँ रेकर्ड : फुटबलमा पहिलो पटक ब्राजिलमाथि जापानको जीत


एजेन्सी ।

विश्व फुटबल ईतिहासमै जापानले पहिलो रेकर्ड कायम गरेको छ । मैत्रीपूर्ण फुटबल खेलमा जापानले ब्राजिललाई पहिलो पटक पराजित गरेको छ ।

घरेलु मैदान जापानको टोकियोस्थित द टोकियो स्टेडियममा मंगलबार सम्पन्न खेलमा जापानले ब्राजिललाई ३ २ गोल अन्तरले स्तब्ध पारेको हो ।

जापानको जितमा ताकुमी मिनामिनो, केइतो नाकामुरा र आयासे उएदाले एक एक गोल गरेका थिए । त्यसैगरी ब्राजिलका लागि पाउलो हेनरिक र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए ।

यो अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलमाथि जापानको अहिलेसम्मको पहिलो जित हो । यसअघि खेलेका १३ खेलमा ११ पटक ब्राजिलले जितेको थियो भने २ खेल बराबरी गोलमा रोकिएको थियो ।