(Japan) 11 th August | 2026 | Tuesday | 3:08:36 PM || (Nepal) 11:53:36 AM
 
 


काठमाडौं–नारिता सीधा उडानमा थपिने भयो सातामा चार उडान, सेप्टेम्बर १८ देखि नयाँ तालिका

  POSTED ON : Tuesday, 11 August, 2026 | Views : 174

काठमाडौं–नारिता सीधा उडानमा थपिने भयो सातामा चार उडान, सेप्टेम्बर १८ देखि नयाँ तालिका


टोकियो, जापान ।

जापानमा रहेका नेपाली तथा नेपाल–जापानबीच आवतजावत गर्ने यात्रुका लागि नेपाल वायुसेवा निगमले काठमाडौं–नारिता–काठमाडौं सीधा उडान सेवा विस्तार गर्ने भएको छ ।

नेपाल एयरलाईन्स जापानका कन्ट्रि मेनेजर राजेन्द्र कार्कीका अनुसार सन् २०२६ सेप्टेम्बर १८ देखि नोभेम्बर २० सम्म काठमाडौं–नारिता रुटमा सातामा चारवटा उडान सञ्चालन गरिने भएको छ । उपलब्ध विवरण अनुसार यो विशेष तालिका उक्त अवधिका लागि लागू हुनेछ । त्यसपछि अवस्था हेरेर उडानलाई नियमितता दिने बारेमा एयरलाईन्सले योजना बनाइरहेको छ ।

हाल नेपाल वायुसेवा निगमले काठमाडौं–नारिता रुटमा नियमित सीधा उडान गर्दै आएको छ । निगमको हाल सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय समर तालिकामा काठमाडौं–नारिता RA-433 र नारिता–काठमाडौं RA-434  उडान सातामा तीन दिन सञ्चालन हुने उल्लेख छ ।


यि दिनमा हुनेछ काठमाडौं नारिता सिधा उडान 

सार्वजनिक गरिएको नयाँ तालिकाअनुसार काठमाडौं–नारिता उडान :

मंगलबार

बिहीबार

शुक्रबार

आइतबार

सञ्चालन हुनेछ।


काठमाडौं विमानस्थलबाट उडान समय राति १०:३० बजे (स्थानीय समय) राखिएको छ । बिमान नारिता बिमानस्थलमा भोलिपल्ट जापानी समय अनुसार बिहान ८ बजेर ३० मिनेटमा अवतरण हुनेछ ।


त्यस्तै नारिता–काठमाडौंतर्फ :

सोमबार

बुधबार

शुक्रबार

शनिबार

उडान हुने उल्लेख छ । नारिताबाट उडान समय बिहान १०:३० बजे (स्थानीय समय) रहनेछ । बिमान काठमाडौंमा दिउँसो तीन बजे अवतरण हुनेछ ।

यसरी सेप्टेम्बर १८ देखि नोभेम्बर २०, २०२६ सम्म सातामा चारवटा उडान उपलब्ध हुने भएकाले जापानमा रहेका नेपाली यात्रुका लागि नेपाल आउजाउ गर्न थप विकल्प उपलब्ध हुनेछ ।


नेपाली यात्रुलाई सहज हुने अपेक्षा

काठमाडौं–नारिता सीधा उडान जापानमा रहेका नेपालीका लागि महत्वपूर्ण हवाई रुट हो । ट्रान्जिट नगरी नेपाल र जापानबीच यात्रा गर्न सकिने भएकाले विशेषगरी दशैं–तिहार तथा सिजनल समयमा नेपाल जाने यात्रुको चाप बढ्ने समयमा थप उडानले सहजता ल्याउने अपेक्षा गरिएको छ ।

नारिता–काठमाडौं रुटमा नेपाल वायुसेवा निगम नै प्रत्यक्ष सेवा दिने प्रमुख नेपाली वायुसेवा कम्पनी हो । अगस्ट २०२६ को उपलब्ध उडान विवरण अनुसार नारिताबाट काठमाडौंका लागि सातामा चारवटा प्रत्यक्ष उडान सञ्चालन भइरहेको देखिन्छ ।

नेपाल वायुसेवा निगमले यसअघि पनि प्राविधिक कारण तथा अन्य सञ्चालनगत अवस्थाका कारण नारिता उडानको समय परिवर्तन वा पुनःतालिकीकरण सम्बन्धी सूचना जारी गर्दै आएको छ। त्यसैले यात्रुले टिकट बुकिङ गर्नुअघि उडानको अन्तिम समय र सञ्चालन मिति निगमबाट पुनः पुष्टि गर्न सुझाव दिइएको छ ।


जापानमा रहेका नेपालीका लागि सहज उडान

नेपाल वायुसेवा निगमको काठमाडौं–नारिता सेवा जापानमा रहेका नेपाली समुदायका लागि लामो समयदेखि महत्वपूर्ण हवाई सम्पर्कका रूपमा रहेको छ । निगमले आफ्नो वेबसाइटमा नारिता रुटसँग सम्बन्धित टिकट, उडान तालिका तथा नारिता टर्मिनल–२ को ब्यागेज सम्बन्धी जानकारी समेत उपलब्ध गराउँदै आएको छ ।