(Japan) 2 nd May | 2026 | Saturday | 7:50:03 AM || (Nepal) 4:35:03 AM
 
 


स्पेनलाई पेनाल्टिमा हराउँदै पोर्चुगल बन्यो दोस्रो पटक नेसन्स लिग बिजेता

  POSTED ON : Monday, 09 June, 2025 | Views : 1052

स्पेनलाई पेनाल्टिमा हराउँदै पोर्चुगल बन्यो दोस्रो पटक नेसन्स लिग बिजेता


टोकियो ।

जर्मनीमा भएको युइएफए नेसन्स लिग फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगलले उपाधि जितेको छ । 


निर्धारित समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो, जसमा पोर्चुगल ५-३ ले विजयी भएको हो । 


पोर्चुगलले सन् २०१९ मा पनि उपाधि जितेको थियो र यो उसको दोस्रो उपाधी हो।


सोमबार बिहान नेपाली समयानुसार बिहान १२ः४५ मा जर्मनीको एलिनाज एरिनामा सम्पन्न खेलमा स्पेनलाई ५-३ अन्तरले पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक विजेता बनेको हो ।  


रोमाञ्चक फाइनल खेलमा स्पेनका लागि २१ औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोल गरे भने पोर्चुगलका तर्फबाट नुनो मेन्डेसले २६ औँ मिनेटमा बराबरी गोल गरेका थिए । 


पहिलो हाफको खेल सकिँदा सम्म स्पेनले २-१ को अग्रता लिएको थियो । मिकेल ओयारजाबालले पहिलो हाफको अन्तिम तिर गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाएका थिए। 


२-१ ले पछि परेको पोर्चुगलकोलागि क्याप्टेन क्रिस्टियानो रोनाल्डोले ६१ औँ मिनेटमा थप १ गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । 


निर्धारित समयसम्म गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै समूहबाट गोल गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

पेनाल्टी सुट आउटमा स्पेनलाई ५-३ को अन्तरले हराउँदै पोर्चुगल विजेता बनेको हो । स्पेनकालागि अलर्बाटो मोराट्टा पेनाल्टीमा चुकेका थिए । 


पोर्चुगलले यसअघि सन् २०१९ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । योसँगै दोस्रो पटक उपाधि जित्ने पोर्चुगल पहिलो टिम भएको छ।