(Japan) 13 th March | 2026 | Friday | 7:51:36 PM || (Nepal) 4:36:36 PM
 
 


जापान फुकुओकामा क्रिकेट प्रतियोगिता आयोजना हुँदै

  POSTED ON : Thursday, 13 March, 2025 | Views : 1264

जापान फुकुओकामा क्रिकेट प्रतियोगिता आयोजना हुँदै


फुकुओका, जापान ।

जापानको फुकुओका शहरमा बस्दै आएका नेपाली क्रिकेटप्रेमी युवाहरुलाई लक्षित गरेर यहाँ एक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ फुकुओका क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो क्युस्यु क्रिकेट कप २०२५ आयोजना हुने भएको हो ।

प्रतियोगिता मे महिनाको ५ र ६ तारीकका दिन गान्नोसु रिक्रिएनस सेन्टर भएको खेल मैदानमा गर्न लागिएको क्लब म्यानेजर मिराज सेडाईले जानकारी दिएका छन् ।

पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएकोले दोस्रो संस्करणलाई थप भव्य रुपमा आयोजना गर्न क्युस्युकै सर्वाधिक धन राशीको प्रतियोगिता गर्ने गरी तयारी गरीरहेको सेडाइको भनाई छ ।

क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धी हुन चाहने टिम तथा पुरस्कार राशी लगायको विषयमा छिट्टै विस्तृत जानकारी सार्वजनिक गरिने फुकुओका क्रिकेट क्लवका म्यानेजर सेडाईले बताएका छन् ।