(Japan) 15 th April | 2026 | Wednesday | 1:04:23 PM || (Nepal) 9:49:23 AM
 
 


एनपीएलमा चितवनले पोखरालाई ८७ रनले हरायो

  POSTED ON : Wednesday, 04 December, 2024 | Views : 998

एनपीएलमा चितवनले पोखरालाई ८७ रनले हरायो


काठमाडौं, नेपाल । 

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ ।


चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा मात्र ७४ रनमा अलआउट भएको थियो । पोखराका नारायण जोशीले सबैभन्दा धेरै ३० रन बनाए । चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले ३/३ विकेट लिए ।


यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । चितवनका रवि बोपाराले ५१ रन बनाए । पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले २/२ विकेट लिए ।


प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जीत हो । चितवनले पहिलो खेलमा हिजो काठमाण्डौ गुर्खाजलाई हराएको थियो ।