(Japan) 11 th July | 2026 | Saturday | 9:23:52 PM || (Nepal) 6:08:52 PM
 
 

जापानमा सांसद ज्ञानेन्द्र शाहीसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुँदै

  POSTED ON : Sunday, 12 July, 2026 | Views : 102

जापानमा सांसद ज्ञानेन्द्र शाहीसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुँदै


टोकियो, जापान ।

जापानमा रहेका कर्णालीवासी नेपालीहरूको साझा संस्था कर्णाली प्रदेश समाज जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाजले सार्वजनिक गरेको निमन्त्रणा पत्र अनुसार 'गाउँका चौतारीदेखि संसद भवनसम्म… जनताको आवाज बुलन्द बनाउँदै अघि बढेका सांसद ज्ञानेन्द्र शाही' सँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो । आयोजकले सांसद शाहीको उपस्थितिलाई समुदायका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रम साउन १६ गते, २०८३ (बुधबार) अर्थात् जुलाई १६, २०२६ मा जापानको टोकियोस्थित तोशिमा सिभिक सेन्टर हल (८औं तला) मा आयोजना हुनेछ । कार्यक्रम दिउँसो १:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

कर्णाली प्रदेश समाज जापानले जापानमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी कर्णालीवासी तथा सम्पूर्ण इच्छुक नेपालीलाई कार्यक्रममा सहभागी भई सांसद शाहीसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेको छ।

आयोजकका अनुसार कार्यक्रममा नेपालको समसामयिक राजनीतिक अवस्था, विकास, सुशासन, प्रवासी नेपालीका चासोका विषय तथा समुदायसँग सम्बन्धित विविध मुद्दामा खुला छलफल गरिने अपेक्षा गरिएको छ।

समाजले ूसमुदायको एकता, पहिचान र समृद्धिका लागि हामी सधैं साथमाू भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा सहभागी भई सफल बनाउन सबैलाई हार्दिक अनुरोध गरेको छ।
#japansamachar #gyanendrashahi