टोकियो, जापान ।
जापानस्थित नेपाली कांग्रेसको प्रवासी भातृ संस्था नेपाली जनसम्पर्क समिति जापानको सातौँ महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । झण्डै एक दशक लामो विवाद, अन्योल र नेतृत्व विहिन जस्तै अवस्थालाई चिर्दै टोकियोमा आयोजित महाधिवेशनले संगठनभित्रको एकतालाई मजबुत बनाउँदै नयाँ कार्यसमिति चयन गरेको जनाएको छ ।
जापानका विभिन्न क्षेत्रबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य, शुभेच्छुक तथा लोकतान्त्रिक विचारधारामा आस्था राख्ने नेपालीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले सहमति, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको हो। पछिल्ला केही वर्षदेखि देखिएको नेतृत्व विवाद र अन्योल अन्त्य गर्दै सर्वसम्मत नेतृत्व चयन हुनुलाई सहभागीहरूले संगठनात्मक एकताको नयाँ अध्यायका रूपमा व्याख्या गरेका छन्।
महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकलाई लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, संगठन विस्तार र राष्ट्रिय हितका पक्षमा एकताबद्ध भएर सक्रिय हुन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि अजयबाबु शिवाकोटी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उद्घाटन सत्रका वक्ताहरूले नयाँ नेतृत्वले जापानमा नेपाली कांग्रेसको संगठनलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए।
महाधिवेशनबाट राजेन्द्रप्रसाद जमरकट्टेल सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको छ।
नयाँ कार्यसमिति
उपसभापति
रामजंग कार्की (कान्तो), रेशमकुमार डंगोल (सिजुओका), डिका कार्की (फुकुओका), पोषकान्त न्यौपाने (किता कान्तो), हरिप्रसाद कँडेल (ओसाका), सुशील पौडेल (नागोया) र युवराज गुरुङ (कान्तो)
महिला उपसभापति
सावित्री लामा (सेन्दाइ) र अनिता गुरुङ लामा (टोकियो)
महामन्त्री
विराट खनाल र अशोक शर्मा (गोपाल)
सहमहामन्त्री
रामप्रसाद बास्तोला, दीपेश खत्री, कुशल धिताल, घनश्याम कँडेल, विनोद तामाङ, प्रिन्सेस खरेल (महिला), विमानसिंह मोक्तान (समावेशी), सुरेश सापकोटा, चित्रबहादुर गुरुङ, शिवकुमार श्रीस मगर, शम्भु केसी, धीरेन्द्र बम ठकुरी (युवा), दिनेश अधिकारी, शिव पौडेल र रोशन निरौला
कोषाध्यक्ष
यमकान्त कँडेल
सहकोषाध्यक्ष
सन्देश अधिकारी र महेन्द्र सुवेदी (सुमन)
महिला सहकोषाध्यक्षको पद भने पछि मनोनयनमार्फत पूर्ति गरिने जनाइएको छ। साथै विभिन्न क्षेत्रीय प्रतिनिधित्वलाई समेट्दै केन्द्रीय सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ।
महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि चयन
महाधिवेशनले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू पनि चयन गरेको छ।
महासमिति सदस्य
राजेन्द्रप्रसाद जमरकट्टेल, पिताम्बर (पदमपानी) चापागाईं र रामकृष्ण बम मल्ल
महाधिवेशन प्रतिनिधि
लालबहादुर केसी (रोशन), नारायणप्रसाद सुवेदी, डा. बलराम श्रेष्ठ, दण्डपाणी कँडेल, भूपीगोविन्द श्रेष्ठ, रामजंग कार्की, रेशमकुमार डंगोल, सावित्री लामा, पेम्बा लामा, नवराज थापा र शम्भु केसी
संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता
नवनिर्वाचित सभापति राजेन्द्रप्रसाद जमरकट्टेलले सबै पक्षलाई समेटेर संगठनलाई थप एकताबद्ध, गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रवासमा नेपाली कांग्रेसको संगठन विस्तार, नयाँ पुस्ताको सहभागिता वृद्धि, लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धन तथा जापानमा रहेका नेपाली समुदायका साझा हितका पक्षमा सक्रिय रूपमा काम गर्ने बताउनुभयो।
जापानमा नेपाली समुदायको संख्या निरन्तर बढ्दै गइरहेको वर्तमान अवस्थामा प्रवासी नेपालीहरूको हकहित संरक्षण, लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन तथा मातृदेशसँगको सम्बन्ध सुदृढ बनाउन नेपाली जनसम्पर्क समिति जापानको भूमिका अझ महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।