(Japan) 26 th May | 2026 | Tuesday | 12:33:20 PM || (Nepal) 9:18:20 AM
 
 


तामाङ समाज जापानको १०औं अधिवेशनबाट गिर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

sajina moktan   POSTED ON : Tuesday, 26 May, 2026 | Views : 140

तामाङ समाज जापानको १०औं अधिवेशनबाट गिर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन


टोकियो, जापान ।

法人 नेपाल तामाङ समाज जापानको १०औं अधिवेशन टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ । आइतबार आयोजित अधिवेशनले गिर बहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।


नयाँ नेतृत्व चयनसँगै समाजले जापानमा रहेका तामाङ समुदायको एकता, भाषा–संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई समुदायसँग जोड्ने अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।


अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तेज बहादुर थिङ चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा ललिता तामाङ, अष्टमाया तामाङ, सुस्मा लामा वाइबा, कर्म दोङ तामाङ तथा नानीमाया तामाङ चयन हुनुभएको छ ।


त्यसैगरी महासचिवमा देवेन्द्र तामाङ चयन हुनुभएको छ । सचिवहरूमा मनिता मोक्तान, प्रकाश घ्लान, सागर पाख्रिन तामाङ, राजेन्द्र लामा र विशाल जिम्बा चयन हुनुभएको समाजले जनाएको छ ।


कोषाध्यक्षको जिम्मेवारी लक्ष्मी वाइबा मोक्तानलाई दिइएको छ भने सह–कोषाध्यक्षमा निरू तामाङ र रोनिश तामाङ चयन हुनुभएको छ ।


नयाँ कार्यसमितिका सदस्यहरूमा कुमार लामा, रोहन लुङ्बा, रविन लामा, मिलन लामा, सविन लामा, सुमित्रा तामाङ, निम बहादुर तामाङ, प्रसान तामाङ, विकास थिङ तामाङ, प्रज्वल घिसिङ, एकराज तामाङ र अर्जुन तामाङ चयन हुनुभएको छ ।


अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट तामाङ समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता तथा समुदायसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा तामाङ भाषा, भेषभूषा, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनलाई आगामी कार्यकालमा थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा विशेष जोड दिइएको थियो ।


नवनिर्वाचित अध्यक्ष गिर बहादुर तामाङले समुदायलाई अझ एकताबद्ध बनाउँदै संस्थालाई सक्रिय, प्रभावकारी र विश्वासिलो संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जापानमा रहेका तामाङ समुदायको हकहित, सांस्कृतिक पहिचानको संरक्षण तथा युवा पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने योजनालाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो ।


अधिवेशनले आगामी कार्यकालमा सामाजिक सहकार्य, समुदायबीच आपसी सद्भाव तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।