(Japan) 23 rd May | 2026 | Saturday | 3:22:59 PM || (Nepal) 12:07:59 PM
 
 


दोलखा समाज जापानद्वारा अक्षयकोष सहयोगार्थ BBQ कार्यक्रम आयोजना

  POSTED ON : Saturday, 23 May, 2026 | Views : 142

दोलखा समाज जापानद्वारा अक्षयकोष सहयोगार्थ BBQ कार्यक्रम आयोजना


टोकियो, जापान ।

जापानमा रहेका दोलखालीहरूको साझा संस्था दोलखा समाज जापानले संस्थाको अक्षयकोष सहयोगार्थ विशेष द्यद्यत्त कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाका अध्यक्ष सञ्जिव पोखरेलका अनुसा कार्यक्रम आगामी मे ३१ तारिख २०२६ आइतबार टोकियोस्थित ओताकु तोकाइ पार्कमा आयोजना गरिनेछ ।


दोलखा समाज जापानले सामाजिक एकता, भाइचारा तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । संस्थाका अध्यक्ष सञ्जिव पौडेल र महासचिव अनुप खड्काद्वारा हस्ताक्षरित निमन्त्रणा पत्र मार्फत जापानमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरिएको छ।


संस्थाका अनुसार द्यद्यत्त कार्यक्रमबाट संकलित रकम संस्थाको अक्षयकोषमा जम्मा गरिनेछ । जापानमा रहेका नेपालीहरूबीच आत्मीयता बढाउने, नयाँ पुस्तालाई समुदायसँग जोड्ने तथा संस्थागत सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रमलाई विशेष रूपमा आयोजना गर्न लागिएको बताइएको छ।


कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ। कार्यक्रमको स्थान टोकियोको ओटाकुस्थित त्यपबष् एयचत एबचप त्यपथय रहेको छ। आयोजकले सहभागीहरूका लागि मनोरञ्जनात्मक भेटघाट, नेपाली समुदायबीच परिचय आदानप्रदान तथा मैत्रीपूर्ण वातावरणमा द्यद्यत्त कार्यक्रमको तयारी गरिएको जनाएको छ।


बिबिक्यूमा सहभागिता शुल्क पुरुषका लागि ४,००० येन, महिला तथा विद्यार्थीका लागि ३,५०० येन र बालबालिकाका लागि २,००० येन निर्धारण गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकहरूले संस्थाका पदाधिकारी तथा सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सक्ने जनाइएको छ।


दोलखा समाज जापान सन् २०१६ मा स्थापना भएको संस्था हो । जापानमा रहेका दोलखाली तथा नेपाली समुदायबीच सामाजिक, सांस्कृतिक र सहयोगात्मक गतिविधि सञ्चालन गर्दै आएको संस्थाले विभिन्न समयमा राहत, सहयोग तथा सामुदायिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।