(Japan) 21 st May | 2026 | Thursday | 12:52:30 PM || (Nepal) 9:37:30 AM
 
 


गोरखा समाज जापानद्वारा BBQ तथा सांस्कृतिक कार्यक्रम २०२६ आयोजना

  POSTED ON : Thursday, 21 May, 2026 | Views : 302

गोरखा समाज जापानद्वारा BBQ तथा सांस्कृतिक कार्यक्रम २०२६ आयोजना


टोकियो, जापान ।

जापानमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा तथा सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित गोरखा समाज जापानले “BBQ तथा सांस्कृतिक कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ । समाजका महासचिव सुनिल देवकोटाका अनुसार उक्त कार्यक्रम आगामी मे २४, २०२६ आइतबार बिहान १० बजेबाट सुरु हुनेछ।


कार्यक्रम चिबा केन अन्तर्गत इचिकावा क्षेत्रमा रहेको सकुरात्सुत्सुमी पार्क (Sakuratsutsumi Park) मा आयोजना गरिने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रममा जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।


गोरखा समाज जापानले संस्थाको अक्षयकोष निर्माणलाई सहयोग पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रममा नेपाली खानाका परिकारसहित द्यद्यत्त, सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने बताइएको छ। आयोजकले यस कार्यक्रमले जापानमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।


कार्यक्रमका संयोजक खेम गुरुङका अनुसार सहभागीहरूलाई पारिवारिक वातावरणमा मनोरञ्जन र भेटघाटको अवसर प्रदान गरिनेछ । समाजका अध्यक्ष अर्जुन ढकालले जापानमा रहेका सबै नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।


कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक समितिका पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।