टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । बृहद एकता भनिएको अधिवेशनले अध्यक्ष र महासचिवमा एक एक जना चुने पनि उपाध्यक्षको संख्या २३ बनाएको छ ।
मंगलबार साँझ काठमाडौंमा नयाँ पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ समेत खुवाई सकिएको छ ।
सहमतिपछि बनेको नयाँ कार्यसमिति अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यस्तै अध्यक्षको दावेदारी छाडेपछि वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) लाई निर्विरोध चयन गरिएको छ ।
उपाध्यक्ष पदमा ददीवाल खड्का (जापान), रोशन थापा (जाम्बिया/जापान), बुद्धि सुवेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमलमणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोकप्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रविनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके), टंकप्रसाद गैरे (जापान), तिलक गैरे (पोर्तुगल), विश्वदीप तिगिला (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन् ।
महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेशकुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्वाचित भएका छन् ।
सचिवमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), मोहम्मद मुक्तदामु (कतार), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान), यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी प्रसाद तिमल्सिना (यूएई), रमेश भट्ट (कतार) सर्वसम्मत रूपमा चयन भएका छन् ।
महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार)बिमल सुवेदी (कतार) तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन् ।
जापानबाट को को बने एनआरएनए नेता ?
गैरआवासीय नेपाली संघ ९एनआरएनए० को १२ औं अधिवेशनबाट चुनिएको अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आईसीसी० नेतृत्वमा जापानबाट विभिन्न महत्वपूर्ण पदहरूमा उल्लेख्य मात्रामा नयाँ एनआरएनए नेताहरु चयन भएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएर संघको वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्न लगाइ रोबिन प्रसाद शेरचन निर्विरोध निर्वाचित हुँदा उपाध्यक्ष पदमा जापानबाटै ददिवाल खड्का र टंकप्रसाद गैरे चयन हुनुभएको छ।
उपमहासचिव पदमा पारसमणि पोखरेल चुनिंदा सचिव पदमा शिवप्रसाद पौडेल र सुपेन्द्र घिसिङ चयन हुनुभएको छ ।
यसैगरि एनआरएनए जापानका निवर्तमान अध्यक्ष नवीन निउरे युवा संयोजकमा निर्विरोध चयन भएका छन् ।
एशिया–प्रशान्त क्षेत्रीय संयोजकमा दीपक प्रसाद कँडेल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी एशिया प्यासिफिक उप-क्षेत्रीय संयोजकतर्फ छत्र बहादुर दाहाल चयन हुनुभएको छ।
महिला संयोजकतर्फ संगीता अधिकारी निर्वाचित हुनुभएको छ भने उप-क्षेत्रीय युवा संयोजकमा राम थापा चयन हुनुभएको छ ।