(Japan) 15 th June | 2026 | Monday | 8:57:26 AM || (Nepal) 5:42:26 AM
 
 

विश्वकप फुटबल २०२६ : नेदरल्यान्डलाई बराबरीमा रोक्दै जापानले १ अंक बटुल्यो

  POSTED ON : Monday, 15 June, 2026 | Views : 152

विश्वकप फुटबल २०२६ : नेदरल्यान्डलाई बराबरीमा रोक्दै जापानले १ अंक बटुल्यो


टोकियो, जापान ।

फिफा विश्वकप २०२६ को समूह 'एफ' को पहिलो खेलमा जापान र नेदरल्याण्ड्सबिच रोमाञ्चक खेल २-२ को बराबरीमा सकिएको छ।

डालस स्टेडियममा भएको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे ।


गोल गर्ने खेलाडीहरू

(नेदरल्याण्ड्स): भर्जिल भान डाइक (५०औं मिनेट), क्रिसेंसियो समरभिल (६३औं मिनेट)

गोल गर्ने खेलाडीहरू

(जापान): केइटो नाकामुरा (५६औं मिनेट), दाइची कामादा (८८औं मिनेट)


खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि पहिलो ४५ मिनेट शून्य-शून्यको बराबरीमा सकियो ।


दोस्रो हाफको सुरुवातमै ५०औं मिनेटमा डच कप्तान भर्जिल भान डाइकले गोल गर्दै नेदरल्याण्ड्सलाई १-० को अग्रता दिलाए।


खेलको ५६औं मिनेटमा जापानका केइतो नाकामुराले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।


६३औं मिनेटमा क्रिसेंसियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सलाई फेरि २-१ को अग्रता दिलाए । तर खेल सकिनै लाग्दा ८८औं मिनेटमा जापानका दाइची कामादाले उत्कृष्ट हेडमार्फत गोल गर्दै खेललाई २-२ को रोमाञ्चक बराबरीमा पुर्‍याए र जापानलाई हारबाट बचाए ।


यस बराबरीसँगै दुवै टोलीले विश्वकप २०२६ मा समान १-१ अंक बाँडेका छन्।