टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा शनिबार टोकियोस्थित शोलमारी मुरा हल शिनओकुबो मा “संस्थागत एकता, समृद्धि र सम्भावना” भन्ने मूल नारासहित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले गर्नुभएको थियो । सो अवसरमा जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहनुभएको थियो भने, एनआरएनए अध्यक्ष महेश श्रेष्ठ र आइसिसी उपाध्यक्ष रोबिन शेरचन विशिष्ट अतिथि रहनुभएको थियो ।
सम्बोधनका क्रममा अतिथिहरूले एनआरएनए जापानले समुदायबीचको एकता, सहकार्य र संस्थागत समृद्धिलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भविष्यका सम्भावनाबारे आ आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, जापानमा सक्रिय विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि आफ्ना धारणा राख्दै एनआरएनए जापानसँगको सहकार्य, भावी रणनीति र साझा यात्राबारे धारणा राखेका थिए । सहभागीहरूले साझा उद्देश्यका लागि संवाद, समन्वय र सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य, संस्थागत परिचय, शुभकामना मन्तव्य, अतिथिहरूको सम्बोधन तथा खुला अन्तरक्रिया सत्र सहित सम्पन्न कार्यक्रमको संचालन एनआरएनए जापानका महासचिव श्याम कुमार श्रेष्ठ श्याम शितलले संचालन गर्नुभएको थियो ।
समापनमा कार्यक्रमका सभाध्यक्ष लामिछानेले सबै अतिथि, सहभागी तथा सहयोगी संघ–संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै संस्थागत एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सक्रिय संघ–संस्थाको उत्साहजनक सहभागिता र गहन विचार–विमर्शबीच सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जापानस्थित नेपाली समुदायबीचको सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।