(Japan) 12 th October | 2025 | Sunday | 10:26:14 AM || (Nepal) 7:11:14 AM
 
 

एनआरएनए जापानको केन्द्रीय सदस्यमा रमेशराज जैशी उम्मेदवार

  POSTED ON : Friday, 25 July, 2025 | Views : 500

एनआरएनए जापानको केन्द्रीय सदस्यमा रमेशराज जैशी उम्मेदवार


टोकियो, जापान ।

व्यवसायी रमेशराज जैशीले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) जापानको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

आगामी कार्यकाल २०२५-२७ का लागि उम्मेदवारी दर्ता गराएका जैशी जापानवासी नेपालीहरुको साथ र समर्थनले आफु बिजयी हुने बताउँछन् ।

पर्वत समाज जापान सहित एनआरएनए जापानका विभिन्न गतिविधिमा सक्रिय सहभागीता र सहयोग गर्दै आएका जैशीले डेढ दशकदेखि जापानलाई कर्मथलो बनाउँदै आएका छन् ।

एनआरएनए जापानको केन्द्रीय सदस्यमा निर्वाचीत भएपछि पदिय जिम्मेवारीका काम पुरा गर्ने सहित जापानमा समस्यामा परेका श्रमिक तथा अन्य नेपालीहरुका गुनासाहरुलाई समाधान गर्न आफुले समन्वयकारी भूमिका निभाउने जैशीको योजना छ ।

हाल पर्वत समाज जापनको उपाध्यक्षको रुपमा समेत जापानमा रहेका पर्वतेलीहरुसँग सहकार्य गर्दै आएका जैशीले जुलाई २७ तारिख हुने निर्वाचनमा सम्पूर्ण जापानवासी नेपालीहरुललाई आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।