(Japan) 27 th March | 2026 | Friday | 4:52:24 AM || (Nepal) 1:37:24 AM
 
 


स्याङ्जा समाज जापानको १५औँ वार्षिक साधारण सभा नागोयामा हुँदै

  POSTED ON : Thursday, 26 March, 2026 | Views : 178

स्याङ्जा समाज जापानको १५औँ वार्षिक साधारण सभा नागोयामा हुँदै


नागोया, जापान ।

जापानमा रहेका नेपालीहरूको सक्रिय संस्था स्याङ्जा समाज जापानले आफ्नो १५औँ वार्षिक साधारण सभा तथा क्षेत्रीय भेला आयोजना गर्ने भएको छ । संस्थाका महासचिव सागरमणि न्यौपानेका अनुसार कार्यक्रम आगामी २०२६ मार्च २८ (शनिबार) का दिन नागोया इन्टरनेशनल सेन्टर मा आयोजना हुने तय गरिएको छ।

कार्यक्रम दिउँसो १:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने बताइएको छ। स्याङ्जा समाज जापानले हरेक वर्ष आयोजना गर्दै आएको साधारण सभा यस वर्ष विशेष रूपमा क्षेत्रीय समितिको व्यवस्थापनमा नागोयामा गर्न लागिएको हो, जसले स्थानीय नेपाली समुदायबीच एकता र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

स्याङ्जा समाज जापानले विगतदेखि नै जापानमा रहेका स्याङ्जाली तथा अन्य नेपालीहरूबीच आपसी सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक एकताको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। संस्थाले आपतकालीन सहयोग, सांस्कृतिक कार्यक्रम, र सामाजिक सचेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

यस पटकको साधारण सभामा संस्थाको वार्षिक गतिविधिको समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुतिकरण, भावी योजना निर्माण, तथा क्षेत्रीय समितिहरूको समन्वयका विषयमा छलफल हुने जनाइएको छ।

संस्थाले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन अनुरोध गरेको छ । यस किसिमका कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूबीच नेटवर्क विस्तार, अनुभव आदानप्रदान तथा सामाजिक एकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।