टोकियो, जापान ।
गैर आवासीय नेपाली संघ एनआरएनए जापानको २०२५-२७ कार्यकालको क्षेत्रीय सचिव पदमा सागर कार्कीले शसक्त उम्मेदवारी प्रस्तुत गरेका छन् ।
निर्वाचनको मिति नजिकिंदै जाँदा आफ्नो पक्षमा उत्साहित माहौल देखिएको बताउँदै कार्की आफु सर्वाधिक मत सहित बिजयी हुने विश्वास व्यक्त गर्छन् ।
एनआरएनए कान्तो क्षेत्रिय समितिका संयोजकको जिम्मेवारी भर्खरै पुरा गरेका कार्कीले यसअघि कान्तो क्षेत्रमै रहेर सचिव तथा कोषाध्यक्षको जिम्मेवारी समेत निभाईसकेका छन् ।
एनआरएनए जापानले आयोजना गरेका फेस्टिवल, रक्तदान, घुम्ति शिविर सहित अन्य सामाजिक गतिविधिमा सक्रिय उपस्थिति जनाउँदै आएका कार्की आफु युवा शक्ति तथा पारदर्शी नेतृत्व सहित निष्पक्ष परिवर्तनका लागि क्षेत्रीय सचिव पदमा उम्मेदवार बनेको बताउँछन् ।
क्षेत्रिय समितिमा संयोजकमा रहेर काम गरेको तथा केन्द्र र क्षेत्र बिचको समन्वयका लागि आफुले शसक्त भूमिका निभाउन सक्ने कार्कीको भनाई छ ।
विगतमा जस्तै जापानवासी नेपालीहरुबाट साथ र सहयोगको आश्वासन पाएको बताउँदै सागर कार्की भन्छन् 'सबैको मन त जितिसकेको छु अब मत पाउन बाँकी छ, जुलाई २७ तारिख हुने निर्वाचनमा एनआरएनए जापानको क्षेत्रीय सचिव पदमा २०२५-२७ कार्यकालका लागि सबैले मतदान गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।'